News Portal

राजद्रोहको आरोपमा पक्राउ परेका रवीन्द्र मिश्र सर्वोच्चमा उपस्थित, आज बयान लिने तयारी

हिमालीसंचार संवाददाता
३६० पटक

काठमाडौं, जेठ २ – राजावादी आन्दोलनमा संलग्न भएको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र आज शुक्रबार सर्वोच्च अदालतमा बयान दिन उपस्थित हुँदैछन्।

प्रहरीले उनलाई बिहीबार साँझ सर्वोच्च अदालतमा उपस्थित गराएको हो। मिश्रलाई पक्राउ गरिएको विषयमा उनकी श्रीमती सारिका कार्कीले सर्वोच्चमा रिट दायर गरेपछि न्यायालयले २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको थियो।

सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले बुधवार कारण देखाउ आदेश जारी गरेको थियो। सोही आदेशअनुसार मिश्रलाई उपस्थित गराइएको हो।

गत चैत्र १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा राजावादी समूहले गरेको प्रदर्शन हिंसात्मक बन्दै गएपछि प्रहरीले मिश्रसहित केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएको थियो। सोही घटनालाई आधार मानेर प्रहरीले मिश्रमाथि राज्यद्रोह, संगठित अपराध र आपराधिक उपद्रवसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाएको छ।

नेपाल प्रहरी प्रधान कार्यालयको जवाफ महान्यायाधिवक्ता कार्यालयमार्फत सर्वोच्चमा पेश भइसकेको छ। सोही आधारमा आज मिश्रसँग बयान लिने प्रक्रिया अगाडि बढाइएको हो।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...