News Portal

  • खालिस्तानी नेता नेपालबाट पक्राउ परेको भारतीय दाबी, नेपाल प्रहरी अनविज्ञ

    हिमालीसंचार संवाददाता
    २२० पटक

    काठमाडौं, वैशाख ३१ – भारतका विभिन्न सञ्चारमाध्यमहरूले ‘खालिस्तानी आन्दोलन’का एक फरार अगुवा बलवीर सिंह उर्फ कश्मीर सिंह गलबड्डीलाई नेपालबाट नियन्त्रणमा लिएको दाबी गरेका छन्। भारतको केन्द्रीय अनुसन्धान एजेन्सी (NIA) ले उनलाई गत शनिबार पक्राउ गरेको समाचार भारतीय मिडियामा प्रकाशित भएको छ। तर, नेपाल प्रहरी भने यस्ता गतिविधिबारे पूर्ण अनविज्ञ रहेको बताउँछ।

    दिल्लीबाट सञ्चालित ‘द इन्डियन एक्सप्रेस’ लगायतका प्रतिष्ठित समाचारमाध्यमहरूले भारतको NIA ले नेपालमा लुकीछिपी बसेका बलवीर सिंहलाई पक्राउ गरेर भारत लगेको जनाएका छन्। तर, नेपाल प्रहरीका प्रवक्ता एसएसपी रमेश थापाले भने बलवीर सिंह नेपाल आएको वा पक्राउ परेको कुनै प्रमाण आफूहरूलाई प्राप्त नभएको स्पष्ट पारे।

    “हामीले देशभर शंकास्पद व्यक्तिहरूको निगरानी गर्दै आएका छौँ। तर, ती व्यक्तिसँग सम्बन्धित कुनै गतिविधि न त देखिएको छ, न त जानकारी प्राप्त भएको,” प्रवक्ता थापाको भनाइ छ।

    बलवीर सिंह पञ्जाबस्थित नाभा जेलबाट अन्य दुई कैदीसँगै फरार भएको व्यक्ति हुन्। भारतीय अधिकारीहरूको दाबी अनुसार उनी ‘खालसा इन्टरनेशनल’ नामक संगठनसँग आबद्ध थिए र नेपालका विभिन्न सहरमा कपडा व्यवसायको आवरणमा बसेका थिए। अझ, उनले नेपालका ६ वटा बैंकमा खाता खोली क्यानडाबाट ठूलो मात्रामा रकम भित्र्याएको र त्यो रकम भारतमा आतङ्कवादी गतिविधिमा प्रयोग भएको आरोप पनि लगाइएको छ।

    यसैबीच, नेपाल राष्ट्र बैंकको मातहतमा रहेको ‘वित्तीय जानकारी इकाई’ (FIU) ले देशभरका बैंक तथा वित्तीय संस्थाहरूको लेनदेनबारे नियमित निगरानी गरिरहेको बताइएको छ। हालै FIU र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) बीच उच्चस्तरीय समन्वय बैठकसमेत सम्पन्न भएको थियो।

    नेपाल प्रेसले यस विषयमा प्रहरी CIB का प्रमुख एआईजी चन्द्रकुवेर खापुङसँग बुझ्दा उनले पनि बलवीर सिंहको कुनै गतिविधिबारे जानकारी नभएको बताए। “विदेशी नागरिकले नेपालमा ६ वटा बैंक खाता खोल्ने र नियमित कारोबार गर्ने कुरा सामान्य होइन। यस्ता कार्य भएको भए पहिल्यै पत्ता लाग्थ्यो,” एआईजी खापुङले भने।

    यद्यपि, उनले नेपाली नागरिकको सहायतामा वा अन्य माध्यमबाट यस्ता गतिविधि भएका भए त्यसबारे थप अनुसन्धान गरिने प्रतिबद्धता जनाए।

    बलवीर सिंह भारतको पञ्जाब इन्क्वायरी मुख्यालयमा भएको एक आतङ्कवादी हमलाका मुख्य योजनाकार मानिन्छन्। उनलाई पक्राउ गरिदिने व्यक्तिका लागि भारतमा एक लाख रुपैयाँ पुरस्कारसमेत घोषणा गरिएको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...

    प्रचण्डलाई भावुक पत्र लेख्दै प्रकाश चन्द्र पाण्डेले नेकपा छाडे

    काठमाडौँ, कार्तिक २७ — नेकपा (माओवादी केन्द्र) का उपत्यका विशेष प्रदेश उपाध्यक्ष प्रकाश चन्द्र पाण्डे...

    १३२/३३ केभी केरौन सब–स्टेशनको निर्माण कार्य अन्तिम चरणमा

    रविन्द्र बराल/मोरङ, कार्तिक २७ – मोरङको कानेपोखरी गाउँपालिका–२, केरौन बजार नजिक निर्माण भइरहेको १३२/३३ केभी सब–स्टेशनको...

    रंगेलीमा लागुऔषध सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    रविन्द्र बराल/मोरङ, कार्तिक २७ – नेपाल औषधि व्यवसायी संघ मोरङ जिल्ला शाखाले लागुऔषध विषयमा छलफल तथा...