News Portal

मध्यरातमा मापसे गर्दै सहचालकले चलाएको बस पक्की घरमा ठोक्कियो, भक्तपुरमा ठुलो क्षति

हिमालीसंचार संवाददाता
२५१ पटक

काठमाडौं, वैशाख ३० – शनिबार राति करिब २ बजे भक्तपुरको मध्यपुरथिमी नगरपालिका–९ स्थित निकोसेरामा एक भाडाको बस अनियन्त्रित भई चारतले पक्की घरमा ठोक्किएको छ। घटनामा बस र घर दुबैमा ठुलो क्षति पुगेको छ भने घरको कम्पाउण्डभित्र रहेको सानो मन्दिरसमेत भत्किएको छ।

प्रहरीका अनुसार बा.प्र.०१–००६ ख ५९९८ नम्बरको सो बस सहचालकले मापसे गरेको अवस्थामा चलाएका थिए। २० वर्षीय अनिल खत्री, जो सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ घर भई हाल सल्लाघारी बसोबास गर्दै आएका छन्, उनीमाथि लापरवाहीपूर्वक बस चलाएको आरोप छ।

बस दुवाकोटबाट निकोसेरा तर्फ जाँदै गर्दा तीव्र गतिमा रहेको र मोडमा नियन्त्रण गुमाएर सोझै चारतले पक्की घरमा ठोक्किएको प्रहरीको भनाइ छ। दुर्घटनाले घरको अगाडिल्लो पर्खाल चर्किएको छ भने बसको अगाडिको भाग पूरै क्षतिग्रस्त भएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज न्यौपानेका अनुसार सहचालक खत्रीलाई नियन्त्रणमा लिइसकिएको छ र घटनासम्बन्धी थप अनुसन्धान अगाडि बढाइएको छ।

स्थानीय बासिन्दाले रातिको समयमा यस्तो गैरजिम्मेवार ढंगले सवारी चलाउनु गम्भीर समस्या भएको बताएका छन्। ‘दुर्घटनामा मानवीय क्षति नभएकोमा भगवानको कृपा मान्नुपर्छ’, एक स्थानीयले प्रतिक्रिया दिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...