News Portal

मध्यरातमा मापसे गर्दै सहचालकले चलाएको बस पक्की घरमा ठोक्कियो, भक्तपुरमा ठुलो क्षति

हिमालीसंचार संवाददाता
३०१ पटक

काठमाडौं, वैशाख ३० – शनिबार राति करिब २ बजे भक्तपुरको मध्यपुरथिमी नगरपालिका–९ स्थित निकोसेरामा एक भाडाको बस अनियन्त्रित भई चारतले पक्की घरमा ठोक्किएको छ। घटनामा बस र घर दुबैमा ठुलो क्षति पुगेको छ भने घरको कम्पाउण्डभित्र रहेको सानो मन्दिरसमेत भत्किएको छ।

प्रहरीका अनुसार बा.प्र.०१–००६ ख ५९९८ नम्बरको सो बस सहचालकले मापसे गरेको अवस्थामा चलाएका थिए। २० वर्षीय अनिल खत्री, जो सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ घर भई हाल सल्लाघारी बसोबास गर्दै आएका छन्, उनीमाथि लापरवाहीपूर्वक बस चलाएको आरोप छ।

बस दुवाकोटबाट निकोसेरा तर्फ जाँदै गर्दा तीव्र गतिमा रहेको र मोडमा नियन्त्रण गुमाएर सोझै चारतले पक्की घरमा ठोक्किएको प्रहरीको भनाइ छ। दुर्घटनाले घरको अगाडिल्लो पर्खाल चर्किएको छ भने बसको अगाडिको भाग पूरै क्षतिग्रस्त भएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज न्यौपानेका अनुसार सहचालक खत्रीलाई नियन्त्रणमा लिइसकिएको छ र घटनासम्बन्धी थप अनुसन्धान अगाडि बढाइएको छ।

स्थानीय बासिन्दाले रातिको समयमा यस्तो गैरजिम्मेवार ढंगले सवारी चलाउनु गम्भीर समस्या भएको बताएका छन्। ‘दुर्घटनामा मानवीय क्षति नभएकोमा भगवानको कृपा मान्नुपर्छ’, एक स्थानीयले प्रतिक्रिया दिए।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...