News Portal

बीमा रकम हिनामिना प्रकरणमा एक कर्मचारी पक्राउ

हिमालीसंचार संवाददाता
१८६ पटक

दाङ, वैशाख २९ – हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको होलेरीस्थित उपशाखा कार्यालयमा कार्यरत एक कर्मचारी बीमितहरूबाट संकलित रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सल्यान जिल्ला शारदा नगरपालिका–४ घर भई हाल दाङको घोराही उपमहानगरपालिका–१५ मा बसोबास गर्दै आएका ३१ वर्षीय गणेश पहाडी रहेका छन्। उनले उपशाखामा सपोर्ट पदमा कार्यरत रहँदाको समयमा बीमितहरूबाट जम्मा भएको रकम कम्पनीको खातामा दाखिला नगरी आफैं प्रयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरी स्रोतका अनुसार पहाडीले कम्पनीको सफ्टवेयरमा बीमितको विवरण अद्यावधिक नगरी विभिन्न ५६ जना व्यक्तिबाट संकलित गरी जम्मा गर्नुपर्ने १८ लाख ६७ हजार ७०१ रुपैयाँ रकम व्यक्तिगत रूपमा अपचलन गरेका थिए।

रोल्पा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक विजय चापागाईंका अनुसार पहाडीलाई वैशाख २७ गते बेलुकी पक्राउ गरिएको हो। हाल उनी प्रहरी हिरासतमा छन् र घटनाको थप अनुसन्धान भइरहेको छ।

जिल्ला अदालत रोल्पाबाट पहाडीलाई दश दिन थुनामा राखी अनुसन्धान अघि बढाउने अनुमति प्रहरीलाई दिइएको छ। पहाडीमाथि आपराधिक विश्वासघात तथा ठगीसम्बन्धी मुद्दा दर्ता गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...