News Portal

भारत–पाकिस्तानबीचको सम्भावित तनाव रोक्न नेपालले भूमिका खेलेको प्रधानमन्त्री ओलीको दाबी

हिमालीसंचार संवाददाता
३१५ पटक

लुम्बिनी, वैशाख २९ – प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय भारत र पाकिस्तानबीच चर्किंदै गएको विवादलाई युद्धतर्फ जान नदिइ नेपालले संयमको सन्देश दिएको दाबी गर्नुभएको छ। बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजित विशेष समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालले छिमेकी राष्ट्रहरूलाई समयमै सुझाब दिएकाले युद्धको सम्भावना टरेको दाबी गर्नुभयो।

“छिमेकमै झडपको अवस्था सिर्जना भएको थियो। भारत–पाकिस्तानबीच लगभग हात हालाहालको स्थिति आएको थियो,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “तर हामीले त्यसलाई लडाइँमा परिणत नहोस् भनेर सुरुदेखि नै अनुरोध गर्यौं। उहाँहरू पनि युद्ध नहुने प्रतिबद्धतामा दृढ रहनुभयो।”

प्रधानमन्त्रीले बुद्धको शान्ति, करुणा र अहिंसाको सन्देश आजको विश्वमा झनै सान्दर्भिक भएको उल्लेख गर्नुभयो। उहाँले लुम्बिनीलाई विश्व शान्तिको सन्देश फैलाउने पवित्र भूमि ठहर गर्दै बुद्धका शिक्षाहरू सबै देश, समाज र व्यक्तिका लागि मार्गदर्शक हुने बताउनुभयो।

लुम्बिनीमा निर्माणाधीन सभा हलको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले पाँच हजार क्षमताको हल आफ्नो पहलमा निर्माण भइरहेको जानकारी गराउनुभयो। तर, त्यहाँको ध्वनी प्रणाली असजिलो भएको उल्लेख गर्दै प्रधानमन्त्रीले तुरुन्तै सुधार गर्न सम्बन्धित पक्षलाई निर्देशन दिनुभयो। कार्यक्रममा सहभागी सबैले बोलेका कुरा प्रस्टसँग सुन्न सकून् भन्ने उद्देश्यले ध्वनि प्रणाली सुदृढ पार्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो।

त्यस्तै, विभिन्न भाषामा उल्था गर्न योग्य जनशक्ति तथा प्रविधि स्थापना गर्न आवश्यक रहेको उहाँले बताए।

प्रधानमन्त्री ओलीले लुम्बिनी गुरुयोजनाअन्तर्गत बाँकी रहेका निर्माण कार्य चाँडो सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको पुनः स्पष्ट पार्नुभयो। साथै, बुद्धका शिक्षाको गहिरो अध्ययन, अनुसन्धान र प्रचारप्रसारमा लुम्बिनी बौद्ध विश्वविद्यालयले अझ सशक्त भूमिका खेल्नुपर्ने प्रधानमन्त्रीको आग्रह थियो।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...