News Portal

  • पोल्याण्डमा रोजगारीको सपना देखाउँदै ठगी गर्ने महिला गोकर्णेश्वरबाट पक्राउ

    संगीता गुरुङ
    १५९ पटक

    काठमाडौं, वैशाख २९ – पोल्याण्ड लैजाने नाममा आकर्षक रोजगारीको प्रलोभन देखाई बेरोजगार युवायुवतीलाई ठगी गर्ने एक महिला राजधानीबाट पक्राउ परेकी छिन्।

    महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–५ स्थायी घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ मा बसोबास गर्दै आएकी ३३ वर्षीया दीपाकुमारी पोख्रेललाई प्रहरीले पक्राउ गरेको हो।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गोकर्णेश्वरबाट नियन्त्रणमा लिएको पुष्टि गर्दै घटनाबारे थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग, ताहचलमा पठाइएको जानकारी दिएको छ।

    प्रहरी स्रोतका अनुसार पोख्रेलले पोल्याण्डमा आकर्षक तलब पाउने भन्दै युवाहरुलाई विभिन्न प्रलोभन देखाइ आर्थिक ठगी गरेकी थिइन्। उनले वैदेशिक रोजगारीका नाममा विश्वास दिलाउँदै रकम असुलेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

    अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) काजिकुमार आचार्यका अनुसार, पक्राउ परेकी पोख्रेलविरुद्ध ठगीसम्बन्धी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १५ गतेको राशिफल

    आज असोज १५, २०८२ (अक्टोबर १, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कञ्चनपुरमा बोलेरो जिप दुर्घटना, दुई वर्षीया बालिकाको मृत्यु

    कञ्चनपुर, असोज १४ – कञ्चनपुरको बेदकोट नगरपालिका–३ सिउडीबागमा मंगलबार दिउँसो बोलेरो जिप दुर्घटना हुँदा दुई वर्षीया...

    गुल्मीमा नाबालिकामाथि बलात्कारको आरोपमा युवक पक्राउ

    गुल्मी, असोज १४ – गुल्मीमा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ...

    आर्यतारा शाक्य नयाँ कुमारीमा चयन, कुमारीघर प्रवेश

    काठमाडौं, असोज १४ – काठमाडौंको ढल्कोकी आर्यतारा शाक्यलाई नयाँ जीवित देवी कुमारीको रूपमा चयन गरिएको...

    युवा संघको आपत्ति : ओलीको राहदानी रोक्ने निर्णयप्रति विरोध

    काठमाडौँ, असोज १४ – नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, नेपालले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष...