News Portal

सुनको मूल्यमा आकाशपात, दुई दिनमै नयाँ रेकर्ड नजिक

हिमालीसंचार संवाददाता
२०१ पटक

काठमाडौं, वैशाख २४ – नेपाली सुन बजारमा पछिल्ला दुई दिन निकै चलायमान देखिएको छ। मंगलबार एकैदिनमा ५ हजार ३ सय रूपैयाँले उक्लिएको सुनको मूल्य बुधबार थप १ हजार ७ सयले बढेको छ। यससँगै दुई दिनको अन्तरालमै सुनको भाउ ७ हजार रूपैयाँले उकालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ६ सय रूपैयाँमा पुगेर कारोबार भइरहेको छ। मंगलबार सोही सुनको मूल्य १ लाख ८९ हजार ९ सय रूपैयाँमा सीमित थियो।

भाउमा आएको यो तीव्र वृद्धिले सुन बजारमा तरंग ल्याएको छ। व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव, डलरको मूल्य वृद्धिलगायत विविध कारणले गर्दा नेपाली बजारमा समेत यसको असर देखिएको हो।

यता चाँदीको मूल्य भने स्थिर छ। मंगलबार प्रतितोला १ हजार ९ सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही दरमा किनबेच भइरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...