News Portal

सिङ्गापुरमा गेट्स–चौधरी वार्ता: नेपाली जनस्वास्थ्य र रोजगारीबारे गम्भीर छलफल

हिमालीसंचार संवाददाता
१३८ पटक

काठमाडौं, वैशाख २३ – नेपालका उद्यमी तथा सांसद बिनोद चौधरी र विश्वप्रसिद्ध परोपकारी व्यक्तित्व बिल गेट्सबीच सिङ्गापुरमा विशेष भेटवार्ता भएको छ। Philanthropy Asia Alliance 2025 सम्मेलनको सन्दर्भमा सम्पन्न उक्त भेटमा नेपालका लागि विशेष महत्व राख्ने स्वास्थ्य सेवा र रोजगारी क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा गहन छलफल भएको छ।

विश्वका प्रभावशाली व्यक्तित्वहरूमध्ये एक बिल गेट्ससँगको यो साइडलाइन मिटिङलाई सांसद चौधरीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै गेट्स फाउन्डेसनप्रति विगतका कठिन घडीहरूमा पुर्‍याएको योगदानप्रति आभार व्यक्त गरेका छन्। उनले विशेषगरी २०७२ को विनाशकारी भूकम्पदेखि कोभिड–१९ महामारीसम्म गेट्स फाउन्डेसनले देखाएको सहकार्य र समर्थनलाई स्मरण गर्दै आगामी दिनमा यो साझेदारीलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जाहेर गरेका छन्।

भेटमा गेट्स फाउन्डेसनले अन्य विकासशील देशहरूमा सफलतापूर्वक कार्यान्वयन गरेका स्वास्थ्य तथा रोजगार सम्बन्धी कार्यक्रमहरू नेपालमा पनि सञ्चालन गर्न सकिने सम्भावनाका विषयमा छलफल भएको चौधरी फाउन्डेसन स्रोतले जनाएको छ।

गौरवको कुरा के हो भने, विपद् र संकटका बेला सधैँ अग्रपंक्तिमा देखिने चौधरी फाउन्डेसनले भूकम्पपछि करिब तीन हजार अस्थायी आवास निर्माण, विद्यालय पुनर्निर्माण, र राहत वितरणमार्फत राज्यको प्रयासलाई थप मजबुत बनाएको थियो। कोभिड–१९ महामारीको बेलामा पनि वीर अस्पतालमा आईसीयू, अक्सिजन प्लान्ट, तथा सातवटै प्रदेशमा अति आवश्यक स्वास्थ्य सामग्रीहरू वितरण गरेर देशभर प्रभावकारी सहयोग गरेको थियो।

सिङ्गापुरमा आयोजित उक्त सम्मेलनमा सिङ्गापुरका राष्ट्रपति थरमन शनमुगरत्नम, डब्लुएचओ प्रमुख डा. टेड्रोस अधानोम, गेट्स फाउन्डेसन अध्यक्ष बिल गेट्स, इन्डोनेसियाका मन्त्री प्रतिक्नो, डब्लुएचओका प्रमुख वैज्ञानिक सर जेरेमी फरार, र यूएनडीपीकी सहायक महासचिव सुसान ब्राउनजस्ता उच्चस्तरीय वक्ताहरूको उपस्थिति रहेको थियो।

फिलान्थ्रपी एशिया एलायन्स–२०२५ सम्मेलनले दिगो विकास, सामाजिक न्याय, र अन्तर्राष्ट्रिय सहकार्यलाई केन्द्रमा राख्दै परोपकारी संस्थाहरूबीच सहकार्यको नयाँ युग प्रारम्भ गर्ने अपेक्षा गरिएको छ। यस सन्दर्भमा बिनोद चौधरीको सहभागिता नेपालका लागि भविष्यमा थप सम्भावनाहरूको ढोका खोल्ने संकेतका रूपमा हेरिएको छ।

प्रतिकृया दिनुहोस्

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...