News Portal

सिङ्गापुरमा गेट्स–चौधरी वार्ता: नेपाली जनस्वास्थ्य र रोजगारीबारे गम्भीर छलफल

हिमालीसंचार संवाददाता
१७५ पटक

काठमाडौं, वैशाख २३ – नेपालका उद्यमी तथा सांसद बिनोद चौधरी र विश्वप्रसिद्ध परोपकारी व्यक्तित्व बिल गेट्सबीच सिङ्गापुरमा विशेष भेटवार्ता भएको छ। Philanthropy Asia Alliance 2025 सम्मेलनको सन्दर्भमा सम्पन्न उक्त भेटमा नेपालका लागि विशेष महत्व राख्ने स्वास्थ्य सेवा र रोजगारी क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा गहन छलफल भएको छ।

विश्वका प्रभावशाली व्यक्तित्वहरूमध्ये एक बिल गेट्ससँगको यो साइडलाइन मिटिङलाई सांसद चौधरीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै गेट्स फाउन्डेसनप्रति विगतका कठिन घडीहरूमा पुर्‍याएको योगदानप्रति आभार व्यक्त गरेका छन्। उनले विशेषगरी २०७२ को विनाशकारी भूकम्पदेखि कोभिड–१९ महामारीसम्म गेट्स फाउन्डेसनले देखाएको सहकार्य र समर्थनलाई स्मरण गर्दै आगामी दिनमा यो साझेदारीलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जाहेर गरेका छन्।

भेटमा गेट्स फाउन्डेसनले अन्य विकासशील देशहरूमा सफलतापूर्वक कार्यान्वयन गरेका स्वास्थ्य तथा रोजगार सम्बन्धी कार्यक्रमहरू नेपालमा पनि सञ्चालन गर्न सकिने सम्भावनाका विषयमा छलफल भएको चौधरी फाउन्डेसन स्रोतले जनाएको छ।

गौरवको कुरा के हो भने, विपद् र संकटका बेला सधैँ अग्रपंक्तिमा देखिने चौधरी फाउन्डेसनले भूकम्पपछि करिब तीन हजार अस्थायी आवास निर्माण, विद्यालय पुनर्निर्माण, र राहत वितरणमार्फत राज्यको प्रयासलाई थप मजबुत बनाएको थियो। कोभिड–१९ महामारीको बेलामा पनि वीर अस्पतालमा आईसीयू, अक्सिजन प्लान्ट, तथा सातवटै प्रदेशमा अति आवश्यक स्वास्थ्य सामग्रीहरू वितरण गरेर देशभर प्रभावकारी सहयोग गरेको थियो।

सिङ्गापुरमा आयोजित उक्त सम्मेलनमा सिङ्गापुरका राष्ट्रपति थरमन शनमुगरत्नम, डब्लुएचओ प्रमुख डा. टेड्रोस अधानोम, गेट्स फाउन्डेसन अध्यक्ष बिल गेट्स, इन्डोनेसियाका मन्त्री प्रतिक्नो, डब्लुएचओका प्रमुख वैज्ञानिक सर जेरेमी फरार, र यूएनडीपीकी सहायक महासचिव सुसान ब्राउनजस्ता उच्चस्तरीय वक्ताहरूको उपस्थिति रहेको थियो।

फिलान्थ्रपी एशिया एलायन्स–२०२५ सम्मेलनले दिगो विकास, सामाजिक न्याय, र अन्तर्राष्ट्रिय सहकार्यलाई केन्द्रमा राख्दै परोपकारी संस्थाहरूबीच सहकार्यको नयाँ युग प्रारम्भ गर्ने अपेक्षा गरिएको छ। यस सन्दर्भमा बिनोद चौधरीको सहभागिता नेपालका लागि भविष्यमा थप सम्भावनाहरूको ढोका खोल्ने संकेतका रूपमा हेरिएको छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...