News Portal

तीन वर्षपछि खुलेको हत्या रहस्य : सिकेन्द्र चौहान पक्राउ

संगीता गुरुङ
२०९ पटक

पर्सा, वैशाख २३ — तीन वर्षअगाडि भएको एक हत्या घटनामा संलग्न रहँदै फरार रहेका अभियुक्तलाई प्रहरीले अन्ततः नियन्त्रणमा लिएको छ।

पोखरिया नगरपालिका–५ निवासी ३६ वर्षीय सिकेन्द्रप्रसाद चौहानलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले विशेष सूचनाको आधारमा सोमबार पक्राउ गरेको हो। उनीमाथि पोखरिया–६ का शंकरप्रसाद महतो चाईको ज्यान लिएको आरोप लागेको छ।

२०७९ साल वैशाख ४ गते चाईका छोराको विवाह समारोहका क्रममा बेहुली बिदाइको विषयलाई लिएर विवाद उत्पन्न भएको थियो। विवाद झडपमा परिणत हुँदा शंकरप्रसादको टाउकोमा गम्भीर चोट लाग्यो। गम्भीर अवस्थामा उनीलाई काठमाडौंस्थित सहिद गंगालाल अस्पताल पुर्‍याइए पनि वैशाख ११ गते उपचारका क्रममा मृत्यु भएको थियो।

शंकरप्रसादको मृत्युपछि उनका परिवारजनले सिकेन्द्र चौहानसहित अन्य विरुद्ध कर्तव्य ज्यानको आरोपमा प्रहरीमा जाहेरी दिएका थिए। तर चौहान भने त्यसबेलादेखि नै फरार थिए।

डिएसपी किशोर लम्सालका अनुसार, “तीन वर्षदेखि फरार रहेका अभियुक्तलाई विशेष निगरानीपछि नियन्त्रणमा लिइएको हो।” चौहानमाथि जिल्ला अदालत पर्साबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...