News Portal

तीन वर्षपछि खुलेको हत्या रहस्य : सिकेन्द्र चौहान पक्राउ

संगीता गुरुङ
२८० पटक

पर्सा, वैशाख २३ — तीन वर्षअगाडि भएको एक हत्या घटनामा संलग्न रहँदै फरार रहेका अभियुक्तलाई प्रहरीले अन्ततः नियन्त्रणमा लिएको छ।

पोखरिया नगरपालिका–५ निवासी ३६ वर्षीय सिकेन्द्रप्रसाद चौहानलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले विशेष सूचनाको आधारमा सोमबार पक्राउ गरेको हो। उनीमाथि पोखरिया–६ का शंकरप्रसाद महतो चाईको ज्यान लिएको आरोप लागेको छ।

२०७९ साल वैशाख ४ गते चाईका छोराको विवाह समारोहका क्रममा बेहुली बिदाइको विषयलाई लिएर विवाद उत्पन्न भएको थियो। विवाद झडपमा परिणत हुँदा शंकरप्रसादको टाउकोमा गम्भीर चोट लाग्यो। गम्भीर अवस्थामा उनीलाई काठमाडौंस्थित सहिद गंगालाल अस्पताल पुर्‍याइए पनि वैशाख ११ गते उपचारका क्रममा मृत्यु भएको थियो।

शंकरप्रसादको मृत्युपछि उनका परिवारजनले सिकेन्द्र चौहानसहित अन्य विरुद्ध कर्तव्य ज्यानको आरोपमा प्रहरीमा जाहेरी दिएका थिए। तर चौहान भने त्यसबेलादेखि नै फरार थिए।

डिएसपी किशोर लम्सालका अनुसार, “तीन वर्षदेखि फरार रहेका अभियुक्तलाई विशेष निगरानीपछि नियन्त्रणमा लिइएको हो।” चौहानमाथि जिल्ला अदालत पर्साबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...