News Portal

प्रधानमन्त्री संसद भवन छिर्दै गर्दा पत्रकारको प्रश्नले चिढिए, बोले— ‘तरिका हुन्छ नि तपाईंहरूको!’

संगीता गुरुङ
२८८ पटक

काठमाडौं, वैशाख २२ – प्रतिनिधि सभाको सोमबारको बैठकमा राजनीतिक रूपमा फरक तर सन्देशमूलक दृश्य देखियो। प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच संसद् बैठकअघि देखिएको हँसमुख संवादले केही समयका लागि तरंग पैदा गर्‍यो। तर, यही दिन संसद भवन प्रवेश गर्ने क्रममा प्रधानमन्त्री ओलीको व्यवहार केही चिसो र चिढिएको देखियो।

प्रधानमन्त्री ओली बैठकका लागि संसद भवन पुग्दा प्रवेशद्वारमा सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति थियो। सबै पत्रकारहरूले उनलाई नमस्कार गर्दै स्वागत गरिरहेका थिए। प्रधानमन्त्री पनि सुरुवाती क्षणमा हँसीमजाकसहित अघि बढिरहेका थिए।

यत्ति बेलामा एकजना पत्रकारले सोधे, “भाजपा नेता विजय चौथाइवालेको भ्रमणपछि माओवादीसँगको सम्बन्ध सुध्रिएको हो?”

सोधिएको प्रश्नप्रति ओलीले सहज प्रतिक्रिया जनाएनन्। बरु उनी संसद भवन छिर्ने सिँढीतर्फ हात देखाउँदै केही चिढिएको स्वरमा बोले— “यतापट्टि छेक्नुहोस् न! तरिका हुन्छ नि तपाईंहरूको नि!”

प्रधानमन्त्री ओली यसअघि पनि संसद् भवनको प्रवेशद्वारमा पत्रकारहरूले माइक तेर्स्याएर बाटो छेक्ने शैलीप्रति असन्तुष्टि जनाउँदै आएका थिए। सोमबारको घटनाले फेरि उनको त्यही असन्तोष दोहोरिएको संकेत दियो।

यद्यपि, संसद बैठकभित्र भने विपरीत तस्बिर देखियो। ओली र प्रचण्ड एउटै फ्रेममा मुस्कुराउँदै कुराकानी गरिरहेको तस्बिर प्रधानमन्त्रीकै सचिवालयले सार्वजनिक गर्‍यो।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...