News Portal

हल्दी कार्यक्रममा जसपा नेतृ बबी सिंहले चलाइन् पेस्तोल, प्रहरीले अनुसन्धान अघि बढायो

संगीता गुरुङ
३५३ पटक

सर्लाही, वैशाख १८ — जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेतृ डा. बबी सिंह यादवले हल्दी–मेहेन्दीको कार्यक्रममा पेस्तोल पड्काएको घटनाले अहिले सर्लाहीमा चर्को चर्चा पाएको छ। सार्वजनिक समारोहमा नेतृले चलाएको पेस्तोलको भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिन थालेपछि प्रहरी त्यसतर्फ सक्रिय बनेको हो।

११ वैशाखमा सर्लाहीको मलंगवा नगरपालिका–५ स्थित भाँड्चौरमा वसन्त कुमारकी छोरी कोमल सुप्रियाको हल्दी–मेहेन्दी कार्यक्रम आयोजना गरिएको थियो। सोही अवसरमा नेतृ सिंहले एक राउन्ड हवाई फायर गरेकी थिइन्। भिडियोमा उनी अन्य सहभागीहरूसँग नाचिरहेको अवस्थामा एक्कासि हातमा पेस्तोल लिएर आकाशतिर पड्काउँदै गरेको दृश्य देखिन्छ। पड्किएसँगै धुवाँ निस्किएको छ, र पछि अर्का एक युवकले त्यो पेस्तोल समाएको पनि देखिएको छ।

भिडिओ सार्वजनिक भएपछि प्रहरी प्रशासनले सतर्कता अपनाउँदै अनुसन्धान अघि बढाएको छ। सप्तरी प्रहरीले नेतृ सिंहलाई बोलाएर प्रारम्भिक सोधपुछ गरेको थियो। सोधपुछपछि सर्लाही प्रहरीले मलंगवा नगरपालिका–२ स्थित अञ्जनी कुमारको घरमा खानतलासी गर्दा उक्त पेस्तोल फेला पारेको हो।

नेतृ सिंहले भने यसअघि सामाजिक सञ्जालमार्फत उक्त घटना भारतको सीतामढीमा भएको र प्रयोग गरिएको पेस्तोल खेलौनाको मात्र भएको दाबी गरेकी थिइन्। तर प्रहरीको प्रारम्भिक अनुसन्धानले घटना सर्लाहीमै भएको पुष्टि गरेको छ। बरामद पेस्तोल बारुद पड्किए पनि प्राणघातक नभएको, अर्थात् केवल धुवाँ निस्कने किसिमको रहेको बताइएको छ।

प्रहरीले बरामद पेस्तोललाई थप परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाएको छ भने घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।

जसपा नेपालकी उपाध्यक्ष समेत रहेकी डा. बबी सिंह यादव राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादवकी छोरी हुन्। यस्तो संवेदनशील जिम्मेवारीमा रहेकी व्यक्तिले सार्वजनिक कार्यक्रममा पेस्तोल पड्काउनु आपराधिक रूपमा मात्र नभई नैतिक रूपले पनि गम्भीर विषय भएको भन्दै विभिन्न क्षेत्रबाट आलोचना सुरु भएको छ।

प्रतिकृया दिनुहोस्

सिताराम गोकुल मिल्क्सको दूध बिक्रीमा रोक, गुणस्तर कम भेटिएपछि कारबाही

काठमाडौं, ३ चैत – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले उत्पादन...

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ।...

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...