News Portal

एनआरएनए निर्वाचन समितिद्वारा पहिलो मतदाता नामावली सार्वजनिक

हिमालीसंचार संवाददाता
३७९ पटक

काठमाडौँ, वैशाख १६ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनका लागि गठित निर्वाचन समितिले सोमबार पहिलो चरणको मतदाता नामावली प्रकाशित गरेको छ।

निर्वाचन समितिले जारी गरेको सूचनाअनुसार हालसम्म महाधिवेशनमा सहभागिता जनाउन योग्य ठहरिएका ६२५ व्यक्तिको नामावली सार्वजनिक गरिएको हो। समितिले थप मतदाताहरूको छानबिन जारी रहेको र त्यसपछि बाँकी सूची पनि छिट्टै सार्वजनिक गरिने जनाएको छ।

सर्वोच्च अदालतको परमादेशअनुसार गठित उच्चस्तरीय समितिले आगामी वैशाख २० देखि २२ गते (मे ३–५, २०२५) काठमाडौँमा एकता महाधिवेशन आयोजना गर्दैछ। महाधिवेशनमार्फत नयाँ कार्यसमिति (अन्तर्राष्ट्रिय समन्वय परिषद्) चयन गरिनेछ।

निर्वाचन समितिमा वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे, अधिवक्ता आशिष उप्रेती, सेवा निवृत्त मेजर डमर घले सदस्यका रूपमा छन् भने अधिवक्ता लेखबहादुर खड्का सदस्य सचिवको भूमिकामा कार्यरत छन्।

उच्चस्तरीय समितिले महाधिवेशनका लागि करिब ३,२०० प्रतिनिधिहरूको आवेदन प्राप्त भएको जानकारी दिएको छ। ती आवेदनहरूको प्रमाणीकरण प्रक्रिया हाल जारी रहेको छ।

निर्वाचन समितिले सार्वजनिक गरेको प्रथम मतदाता नामावलीमा सामेल प्रतिनिधिहरूको विवरण यसप्रकार रहेको छ:

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...