News Portal

राजसंस्थाको पक्षमा आवाज उठाएकै कारण राप्रपाका नेताहरू पक्राउमा, अध्यक्ष लिङ्देनको आरोप

संगीता गुरुङ
२४६ पटक

काठमाडौं, वैशाख १५ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थाको समर्थनमा आवाज उठाएकै कारण आफ्ना पार्टी नेताहरूमाथि नियोजित रूपमा धरपकड गरिएको आरोप लगाएका छन्।

सोमबार कमल थापा नेतृत्वमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै लिङ्देनले चैत १५ गते भएको राजावादी आन्दोलनमा सहभागी भएकाहरूलाई लक्षित गरेर दमन गरिएको बताए। “राजसंस्थाको पक्षमा बोल्नेहरूलाई खोजीखोजी थुनिएको छ,” लिङ्देनले भने, “मानवअधिकार र लोकतन्त्रको झण्डा बोकेकाहरूले नै त्यस दिन आफ्ना सिद्धान्तहरूको अपमान गरेका छन्।”

अध्यक्ष लिङ्देनले देशको वर्तमान अवस्था सतहमा सामान्य देखिए पनि भित्रभित्रै गम्भीर संकटको स्थितिमा रहेको चेतावनी दिए। उनले लोकतन्त्रको नाममा सञ्चालित ‘लुटतन्त्र’ विरुद्ध सबैलाई एकजुट हुन आह्वान गरे।

चैत १५ गतेको आन्दोलनपछि थुनामा परेका आफ्ना नेताहरूको रिहाइ तथा घटनाको निष्पक्ष न्यायिक छानबिनका लागि उनले सशक्त जनदबाब सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...