News Portal

टि-सिरिजमार्फत सुशान्त केसीको ‘बार्दली’ अब हिन्दीमा ‘उफ’ बनेर सार्वजनिक

संगीता गुरुङ
५८३ पटक

काठमाडौं, वैशाख १५ – चर्चित नेपाली गायक सुशान्त केसीको लोकप्रिय गीत ‘बार्दली’ अब हिन्दी भाषामा ‘उफ’ शीर्षकमा सार्वजनिक गरिएको छ। भारतीय प्रतिष्ठित संगीत कम्पनी टि–सिरिजले सोमबार आफ्नै युट्युब च्यानलमार्फत गीतको हिन्दी संस्करण सार्वजनिक गरेको हो।

रिलिज भएको छोटो समयमा नै ‘उफ’ ले उल्लेखनीय सफलता हात पारेको छ। सार्वजनिक भएको जम्मा ३ घन्टाभित्रै गीतले १ लाख ९४ हजारभन्दा बढी भ्यूज बटुलेको टि–सिरिजले जनाएको छ।

हिन्दी संस्करणको भिडियोलाई पनि निकै आकर्षक ढंगले प्रस्तुत गरिएको छ। भिडियोमा गायक सुशान्त केसीसँगै चर्चित अभिनेत्री स्वस्तिमा खड्का देखिएकी छन्। यद्यपि, नेपाली संस्करणमा देखिएका अन्य कलाकारहरू हिन्दी संस्करणमा समावेश गरिएको छैन। गीतको सेटिङ भने उस्तै राखिएको छ, जसले गीतको मौलिकतालाई जोगाएको देखिन्छ।

‘बार्दली’ नेपाली भाषामा रिलिज हुँदा युट्युबको ग्लोबल ट्रेन्डिङसम्म पुगेको थियो। हिन्दी संस्करण ‘उफ’ मार्फत पनि नेपाली संगीत र कलाकारिता अन्तर्राष्ट्रिय मञ्चमा फैलिन थालेको स्पष्ट देखिन्छ।

टि–सिरिजले यसअघि पनि नेपाली कलाकारहरूसँग सहकार्य गर्दै नेपाली सिर्जनालाई विश्वसामु चिनाउने प्रयास गरेको छ। ‘उफ’ को लोकप्रियतासँगै सुशान्त केसीको सिर्जनशीलता र नेपाली संगीतको अन्तर्राष्ट्रिय यात्रामा नयाँ पाना थपिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...