News Portal

  • एनआरएनए अभियन्ता महेश श्रेष्ठको आह्वान : एकता महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गरौँ

    हिमालीसंचार संवाददाता
    १५७ पटक

    काठमाडौँ, वैशाख १५ — गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता महेश कुमार श्रेष्ठले संघको यही वैशाख २० देखि २२ गते (मे ३–५, २०२५) सम्म काठमाडौँमा आयोजना हुन लागेको एकता महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न अपिल गरेका छन्।

    श्रेष्ठले भने, “महाधिवेशन अहिले विषम परिस्थितिमा हुन लागेको हो। सबै पक्षलाई समेटेर अधिवेशन सम्पन्न गराउने प्रयास जारी छ। यदि हामीले एकता महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न सक्यौँ भने अहिले बाहिर रहेका साथीहरूलाई समेत समेटेर संघभित्र व्यापक एकता कायम गर्न सजिलो हुनेछ।”

    सर्वोच्च अदालतको परमादेशअनुसार गठन भएको उच्चस्तरीय समितिका संयोजक र अन्य १३ जना सदस्यहरू एकै ठाउँमा भेला भई समस्या समाधानको बाटो खोज्नुपर्ने उनले आग्रह गरे।

    “डेलिगेटहरू काठमाडौँ आउन थालेका छन् र महाधिवेशनको तयारी लगभग पूरा भइसकेको छ। यस्तो अवस्थामा महाधिवेशन पर सार्नु उपयुक्त हुने छैन। बरु वैधानिक प्रक्रिया पूरा गर्दै नयाँ नेतृत्व चयन गरी त्यसपछि पनि एकताको प्रयास जारी राख्नुपर्छ,” श्रेष्ठले बताए।

    जापानमा सफल व्यवसायीको रुपमा परिचित श्रेष्ठले महाधिवेशनमा जीत वा हारभन्दा संस्थालाई योगदान गर्न सक्ने प्रभावकारी टिम निर्माणमा ध्यान दिनुपर्ने धारणा राखे। “मैले सधैं एनआरएनएभित्र संवाद, छलफल, सहमति र सहकार्यमा जोड दिँदै आएको छु। अहिले पनि सहमति र एकताको वातावरण बनाउन जस्तोसुकै भूमिका निर्वाह गर्न म तयार छु,” उनले स्पष्ट पारे।

    महाधिवेशनका लागि करिब ३,२०० जनाले प्रतिनिधि (डेलिगेट) बन्न आवेदन दिएको र प्रक्रिया पूरा गरेका डेलिगेटहरूको निवेदन स्वीकृत गर्ने क्रम जारी रहेको उच्चस्तरीय समितिको सचिवालयले जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कारागारमा रविलाई भेट्न नपाएपछि निकोलस भुसालको आक्रोश

    काठमाडौं, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका...

    रूपन्देहीका उद्योगीहरू विद्युत महसुल विवादमा तनावमा

    बुटवल, असोज १३ – नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनमार्फत विद्युत प्रयोग गर्ने उद्योगीहरूलाई बक्यौता...

    अस्पतालमा उपचाररत देउवाले सामाजिक सञ्जालमार्फत शुभकामना पठाए

    काठमाडौं, असोज १३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा भएका घटनालाई नेपालको...

    जनताले चाहे प्रधानमन्त्री बन्न तयार : सुदन गुरुङ

    काठमाडौं, असोज १३ – भदौ २३–२४ मा भएको जेनजी आन्दोलनपछि चर्चामा आएका सुदन गुरुङले अलजजिरासँगको...

    रास्वपाको निर्देशन : चाडपर्वमा उपहार नलिनु, रातो पासपोर्ट बुझाउनू

    काठमाडौँ, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सबै तहका नेताहरूलाई यस वर्षको...