News Portal

एनआरएनएको एकता महाधिवेशनमा डेलिगेट बन्न ३,१८१ जनाको आवेदन, प्रमाणीकरण प्रक्रिया तीव्र

हिमालीसंचार संवाददाता
२९१ पटक

काठमाडौँ, वैशाख १० — गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी एकता महाधिवेशनका लागि डेलिगेट बन्न ३,१८१ जनाले आवेदन दिएका छन्। उच्चस्तरीय समितिले तोकेको मिति अनुसार वैशाख ९ गते (२२ अप्रिल २०२५) राति ११:५९ सम्म संघको आधिकारिक वेबपोर्टलमार्फत यति संख्यामा आवेदन प्राप्त भएको हो।

हाल प्राप्त सबै आवेदनको प्रारम्भिक समीक्षा तीव्र गतिमा अघि बढिरहेको समितिले जानकारी दिएको छ। समितिको भनाइ अनुसार, समीक्षा क्रममा कुनै पनि आवेदन अपूर्ण वा अस्पष्ट देखिएमा सम्बन्धित आवेदकलाई २४ घण्टाभित्र आवश्यक कागजात पेश गर्न सूचित गरिनेछ। समयमै कागजात नपठाएमा ती आवेदन स्वतः रद्द हुने स्पष्ट पारिएको छ।

डेलिगेट प्रमाणिकरण प्रक्रिया वैशाख १३ गते (२५ अप्रिल २०२५) सम्ममा सम्पन्न गर्ने तयारीमा रहेको समितिले जनाएको छ। साथै, १०० अमेरिकी डलर बराबरको शुल्क बुझाइसकेका आवेदकहरूले शुल्क भुक्तानीको प्रमाण तुरुन्तै समितिमा पठाउनुपर्ने पनि आग्रह गरिएको छ।

प्रमाणिकरण प्रक्रिया पूरा भई शुल्क तिरेका डेलिगेटहरू मात्र महाधिवेशनमा सहभागी हुन र उम्मेदवारी दिन योग्य हुने समितिले प्रस्ट पारेको छ। एकता महाधिवेशनप्रति देखिएको उल्लेखनीय चासो, सहभागिता र समर्थनप्रति संघले आभार व्यक्त गरेको छ।

महाधिवेशनको मिति र विस्तृत कार्यक्रमबारे जानकारी निकट भविष्यमा सार्वजनिक गरिने समितिको भनाइ छ।

 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...