News Portal

निजामती विधेयक प्रक्रिया अगाडि बढ्दै, आन्दोलन रोक्न गगन थापाको ट्रेड युनियनलाई आग्रह

संगीता गुरुङ
२०९ पटक

काठमाडौं, वैशाख १० – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निजामती कर्मचारीहरूको आन्दोलन तत्कालका लागि स्थगित गर्न अनुरोध गरेका छन्। बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले ट्रेड युनियनलाई सकारात्मक भूमिका खेल्न आग्रह गरेका हुन्।

महामन्त्री थापाका अनुसार निजामती सेवा सम्बन्धी विधेयक समितिमा अगाडि बढिरहेको छ र आजको बैठकमै पारित गर्ने तयारी गरिएको थियो। तर प्रतिवेदन एकपल्ट अध्ययन गरौं भन्ने प्रस्ताव आएपछि प्रक्रिया केही समयका लागि स्थगित गरिएको हो। उनले यसलाई स्वाभाविक प्रक्रिया भन्दै आन्दोलनको आवश्यकता नरहेको बताएका छन्।

“विधेयक अन्तिम चरणमा पुगेको छ, अहिले आन्दोलन गर्नुको औचित्य छैन,” थापाले भने, “ट्रेड युनियनलाई आग्रह गर्छु—यो संवेदनशील घडीमा संयमित र जिम्मेवार भूमिका निर्वाह गरौं।”

यसअघि मंगलबार सोही समितिको बैठकमा निजामती कर्मचारी ट्रेड युनियनका प्रतिनिधिहरूले १० बुँदे मागसहित ७२ घण्टे अल्टिमेटम पेश गरेका थिए।

नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टले माग सम्बोधन नभए आन्दोलनको दोस्रो चरण सुरु गर्ने चेतावनी दिएका छन्।

उक्त विधेयक हाल समितिमा छलफलको चरणमा रहेको छ भने संसद्को वर्षे अधिवेशन वैशाख १२ गतेदेखि सुरु हुँदैछ। यस्तो अवस्थामा सहमति र संवादको बाटोबाट समाधान खोज्न सबै पक्षलाई गम्भीर बन्ने बेला आएको देखिन्छ।

 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...