News Portal

कश्मिरको आतङ्ककारी हमलामा परि बुटवलका युवाको निधन, शव आजै नेपाल ल्याइँदै

हिमालीसंचार संवाददाता
२५८ पटक

काठमाडौं, वैशाख १० – जम्मू–कश्मिरमा भएको आतङ्ककारी आक्रमणमा परी एक नेपाली नागरिकले ज्यान गुमाएका छन्। बुटवल उपमहानगरपालिका–१४ बेलबरियाका २८ वर्षीय सुदीप न्यौपानेको पहलगाममा भएको घटनामा निधन भएको पुष्टि भएको छ।

सुदीप शनिबारमात्रै आमा रिमा पाण्डे, बहिनी सुष्मा न्यौपाने र ज्वाइँ उज्ज्वल काफ्लेसँग कश्मिर घुम्न गएका थिए। उनीहरू परिवारिक भ्रमणमा निस्किएका बेला मंगलबार बन्दूकधारी समूहको आक्रमणमा परेका हुन्।

सुदीपका काका तथा वडाध्यक्ष दधिराम न्यौपानेका अनुसार, हमलापछि सुदीपको घटनास्थलमै मृत्यु भएको थियो। “उनीहरू बाटोमा हिँडिरहेका बेला बन्दूकधारीहरूले ‘तिम्रो नाम के हो, धर्म के हो’ भनेर सोधेका थिए र त्यसपछि सिधै गोली हाने,” वडाध्यक्ष न्यौपानेले जानकारी दिए।

सुदीप धरानस्थित एक शिक्षण संस्थामा पब्लिक हेल्थ विषयमा अध्ययनरत थिए। उनी परिवारका एकमात्र छोरा थिए। छोरा गुमाएपछि उनका बुवा अहिले मानसिक तनावमा रहेका छन्।

सुदीपको शव आजै कश्मिरबाट दिल्ली हुँदै काठमाडौं ल्याउने तयारी भइरहेको काका दधिरामले बताए। “म अहिले काठमाडौं आइपुगेको छु। कश्मिरबाट १२ बजे उडान हुने भनिएको छ,” उनले हिमाली सञ्चारसँगको कुराकानीमा बताए।

हमलामा परेका सुदीपसँगै रहेका आमा, बहिनी र ज्वाइँ भने सकुशल छन्।

न्यौपाने परिवारमाथि परेको यस पीडादायी घटनाले बुटवलमा शोकको छायाँ फैलिएको छ। स्थानीय समाजसेवी देविराम मरासिनीले यस घटनाप्रति दुःख व्यक्त गर्दै मृत आत्माको चिर शान्तिको कामना गरेका छन्।

सरकारले घटनाबारे अहिलेसम्म औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन, तर विदेशमा रहेका नेपाली नागरिकको सुरक्षाबारे चासो थपिएको छ।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...