News Portal

शंखरापुरको सानागाउँमा पारिवारिक बिवादले लियो ज्यान, श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु

संगीता गुरुङ
३१३ पटक

काठमाडौं, वैशाख १० – काठमाडौंको शंखरापुर नगरपालिका–९ स्थित सानागाउँमा एक हृदयविदारक घटना सार्वजनिक भएको छ। आफ्नै परिवारमाथि खुकुरी प्रहार गरी एक पुरुषले श्रीमतीको ज्यान लिएको घटना प्रकाशमा आएको छ।

रामेछापको खाँडादेवी स्थायी घर भई हाल सानागाउँमा बस्दै आएका ५९ वर्षीय पदमबहादुर तामाङले आइतबार रातिको समयमा ४५ वर्षीया श्रीमती पुतली तामाङमाथि खुकुरी प्रहार गरेका थिए। गम्भीर चोटका कारण पुतलीको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

घटनामा उनका १० वर्षीया छोरी सन्जिता र ११ वर्षीय छोरा रिदमसमेत गम्भीर घाइते भएका छन्। दुवै जनाको हातखुट्टामा गहिरो चोट लागेको छ र हाल उनीहरूको उपचार भइरहेको छ।

प्रहरीले पदमबहादुर तामाङलाई नियन्त्रणमा लिई घटनाको विस्तृत अनुसन्धान अघि बढाएको जानकारी दिएको छ। प्रारम्भिक अनुमानमा पारिवारिक बिवाद नै घटनाको मूल कारण हुनसक्ने बताइएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...