News Portal

एनआरएनएको निर्वाचन तयारीमा निर्वाचन समिति सक्रिय

हिमालीसंचार संवाददाता
४४३ पटक

काठमाडौं, वैशाख १० – यही वैशाख २० देखि २२ गते (मई ३–५, २०२५) सम्म काठमाडौंमा हुने गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनमा नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्वाचन समिति सक्रिय भएको छ।

निर्वाचन समितिका प्रमुख आयुक्त वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेले निर्वाचन तयारी तीव्र रुपमा भइरहेको जानकारी दिनुभयो। “हामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारीमा जुटिरहेका छौं। डेलिगेटहरूको अन्तिम नामावली उच्चस्तरीय समितिबाट प्राप्त भएलगत्तै निर्वाचनको कार्यतालिका सार्वजनिक गरिनेछ,” घिमिरेले बताउनुभयो। उहाँले संघको विधान र उच्चस्तरीय समितिबाट पारित कार्यविधिको पालना गर्दै पूर्ण पारदर्शिता र कानुनी प्रक्रियाअनुसार निर्वाचन सम्पन्न गरिने स्पष्ट पार्नुभयो।

सर्वोच्च अदालतको परमादेश अनुसार एकता महाधिवेशन सम्पन्न गरी अन्तर्राष्ट्रिय समन्वय परिषद्को नयाँ कार्यसमिति चयन गर्न वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेको नेतृत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको हो। समितिमा अधिवक्ता आशिष उप्रेती र सेवा निवृत्त मेजर डमर घले सदस्यको रूपमा रहनुभएको छ।

महाधिवेशनमा भाग लिन देश–विदेशबाट प्रतिनिधिहरू काठमाडौं आइपुग्ने क्रम जारी रहेको छ। उच्चस्तरीय समितिले सोमबार आयोजित पत्रकार सम्मेलनमा महाधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको थियो।

 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...