News Portal

कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने, तयारी तीव्र –

संगीता गुरुङ
१५९ पटक

काठमाडौं, वैशाख ९ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा पूर्व निर्धारित तालिकाअनुसार यही वैशाख ११ गतेदेखि सुरु हुने पक्का गरेको छ। मंगलबार बिहान बसेको बोर्ड बैठकले परीक्षा कुनै पनि हालतमा रोक्न नहुने निर्णय गर्दै, तोकिएको मितिमै सञ्चालन गर्ने अडान लिएको हो।

बैठकमा सहभागी अधिकांश पदाधिकारीहरूले आवश्यक परे निजामती कर्मचारी खटाएरै परीक्षा गराउने सुझाव दिएका थिए। उनीहरूले प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई थप जिम्मेवारी दिएर परीक्षा व्यवस्थापनमा सक्रिय बनाउनुपर्ने धारणा राखेका थिए।

बैठकमा भएको छलफलअनुसार, यदि निजामती कर्मचारीहरूले लोकसेवा आयोगको परीक्षा सञ्चालन गर्न सक्छन् भने, उनीहरूले कक्षा १२ को परीक्षा पनि सहजै गराउन सक्छन् भन्ने निष्कर्ष निकालिएको छ।

परीक्षा सञ्चालनको सम्पूर्ण जिम्मेवारी जिल्ला समन्वय समितिका संयोजक रहेका प्रमुख जिल्ला अधिकारीलाई दिइने विषयमा समेत छलफल भएको जनाइएको छ।

राष्ट्रिय परीक्षा बोर्डको यस निर्णयसँगै कक्षा १२ का विद्यार्थीहरू अब निर्धक्क साथ पूर्वनिर्धारित मितिमा परीक्षा दिने तयारीमा जुट्न सक्ने भएका छन्।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...