News Portal

कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने, तयारी तीव्र –

संगीता गुरुङ
२८६ पटक

काठमाडौं, वैशाख ९ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा पूर्व निर्धारित तालिकाअनुसार यही वैशाख ११ गतेदेखि सुरु हुने पक्का गरेको छ। मंगलबार बिहान बसेको बोर्ड बैठकले परीक्षा कुनै पनि हालतमा रोक्न नहुने निर्णय गर्दै, तोकिएको मितिमै सञ्चालन गर्ने अडान लिएको हो।

बैठकमा सहभागी अधिकांश पदाधिकारीहरूले आवश्यक परे निजामती कर्मचारी खटाएरै परीक्षा गराउने सुझाव दिएका थिए। उनीहरूले प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई थप जिम्मेवारी दिएर परीक्षा व्यवस्थापनमा सक्रिय बनाउनुपर्ने धारणा राखेका थिए।

बैठकमा भएको छलफलअनुसार, यदि निजामती कर्मचारीहरूले लोकसेवा आयोगको परीक्षा सञ्चालन गर्न सक्छन् भने, उनीहरूले कक्षा १२ को परीक्षा पनि सहजै गराउन सक्छन् भन्ने निष्कर्ष निकालिएको छ।

परीक्षा सञ्चालनको सम्पूर्ण जिम्मेवारी जिल्ला समन्वय समितिका संयोजक रहेका प्रमुख जिल्ला अधिकारीलाई दिइने विषयमा समेत छलफल भएको जनाइएको छ।

राष्ट्रिय परीक्षा बोर्डको यस निर्णयसँगै कक्षा १२ का विद्यार्थीहरू अब निर्धक्क साथ पूर्वनिर्धारित मितिमा परीक्षा दिने तयारीमा जुट्न सक्ने भएका छन्।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...