News Portal

टिकटकमा हतियार देखाएर आतङ्क फैलाउने युवक पक्राउ

संगीता गुरुङ
२०६ पटक

कपिलवस्तु, वैशाख ८ – सामाजिक सञ्जाल टिकटकमा पेस्तोल, तरबार र खुडाजस्ता घातक हतियार प्रदर्शन गरेर स्थानीयमा डर र अशान्ति फैलाएको अभियोगमा कपिलवस्तुका एक युवक पक्राउ परेका छन्।

शुद्धोधन गाउँपालिका–६ महादेवका २१ वर्षीय रघुबिन्द यादवले आफ्नो टिकटक अकाउन्टमार्फत पेस्तोल, तरबार र खुडासहितका भिडियाहरू सार्वजनिक गरेका थिए। ती भिडियाहरूले स्थानीय समुदायमा भयको वातावरण सिर्जना गरेपछि प्रहरी परिचालन गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार यादवलाई मायादेवी गाउँपालिका–१ स्थित मायादेवी होटलबाट विशेष निगरानीपछि आइतबार पक्राउ गरिएको हो।

डिएसपी मोहनमणि आचार्यका अनुसार, सामाजिक शान्ति सुरक्षामा खलल पुग्ने गतिविधिमा संलग्न भएको अभियोगमा यादवविरुद्ध सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ। उनले देखाएको हतियारहरू कहाँबाट कसरी ल्याइयो भन्नेबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

सार्वजनिक सुरक्षामा चुनौती निम्त्याउने यस्ता गतिविधि प्रति प्रहरीले कडा निगरानी र कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने बताएको छ।

 

प्रतिकृया दिनुहोस्

मध्यपूर्वमा तनाव चर्किने संकेत, कुवेतमा मिसाइल र ड्रोन आक्रमण विफल

कुवेत — मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बीच कुवेतमा इरानद्वारा गरिएको मिसाइल तथा ड्रोन आक्रमणलाई यहाँका...

भोलि राति नेपालबाट खण्डग्रास चन्द्रग्रहण देखिने

काठमाडौं, फागुन १८ – मंगलबार राति नेपालबाट खण्डग्रास चन्द्रग्रहण अवलोकन गर्न सकिने भएको छ। नेपाल...

रौतहटमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि

रौतहट, फागुन १८ — रौतहटको राजपुर नगरपालिका–५ स्थित मुख्य सडकमा सोमबार बिहान फेला परेको शंकास्पद...

आज २०८२ साल फागुन १८ गतेको राशिफल

आज फागुन १८, २०८२ ( मार्च २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल फागुन १७ गतेको राशिफल

आज फागुन १७, २०८२ ( मार्च १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...