News Portal

राप्रपाको प्रदर्शनपछि स्थिति सामान्य, बबरमहलको साइड लेन खुल्यो

संगीता गुरुङ
१९० पटक

काठमाडौं, वैशाख ७ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) द्वारा आयोजित विरोध प्रदर्शनपछि केही समय सवारी आवागमन प्रभावित भएको नयाँ बानेश्वर–माइतीघर सडकखण्ड अहिले सामान्य बन्दै गएको छ।

आइतबार भएको प्रदर्शनपछि केहीबेर अवरुद्ध बनेको सडक अहिले खुल्न थालेको हो। सुरक्षाकर्मीहरूले प्रदर्शनकारीलाई तितरवितर बनाएसँगै बबरमहल क्षेत्रको साइड लेनमा सवारी साधन पुनः सञ्चालनमा आएका छन्।

यसअघि राप्रपाका समर्थकहरूले नयाँ बानेश्वर क्षेत्रमा व्यापक प्रदर्शन गरेका थिए, जसका कारण सम्पूर्ण लेनमा सवारी आवागमन ठप्प भएको थियो। अहिले स्थिति नियन्त्रणमा आएपछि सवारी आवतजावत क्रमशः सुचारु हुँदै गएको ट्राफिक प्रहरीले जनाएको छ।

अधिक जानकारीका लागि अपडेट हुँदै जाँदैछ।

 

प्रतिकृया दिनुहोस्

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...