News Portal

काठमाडौंका सडकमा ट्राफिक जाम, प्रदर्शन र सुरक्षा व्यवस्थाले सवारी अवरुद्ध

संगीता गुरुङ
२६६ पटक

काठमाडौं, वैशाख ७ — राजधानीका प्रमुख सडकहरू आइतबार बिहानदेखि सवारी चापले अस्तव्यस्त बनेका छन्। शिक्षक आन्दोलन र राप्रपाको प्रदर्शनसँगै कडिएको सुरक्षा व्यवस्थाले काठमाडौंका विभिन्न ठाउँमा ट्राफिक जाम चुलिएको हो।

शिक्षकहरू चैत २० गतेदेखि माइतीघर–बिजुलीबजार क्षेत्रमा चरणबद्ध आन्दोलनमा छन्। आइतबार बिहान ९ बजेदेखि १२ बजेसम्म सडक प्रदर्शनको कार्यक्रम तय गरिएको थियो। उता राप्रपाले पनि निषेधित क्षेत्र तोड्दै प्रदर्शन गर्ने घोषणा गरेपछि प्रशासन सतर्क बनेको छ।

बानेश्वर क्षेत्रमा अहिले सवारीसाधन चल्न दिइएको छैन। माइतीघरदेखि बबरमहल, नयाँ बानेश्वरसम्मको मुख्य लेन बन्द गरी ट्राफिकलाई सर्भिस लेनबाट डाइभर्ट गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

यसरी रुट परिवर्तन गरिएपछि सिंहदरबार दक्षिण गेट, अनामनगर, हनुमानथान, थापागाउँ हुँदै गुड्ने सवारी साधनहरू लामो लाइनमा अड्किएका छन्। कार्यालय समय परेकाले कोटेश्वर, गौशाला, चाबहिल, लैनचौर, त्रिपुरेश्वर, थापाथली र कुपण्डोलमा समेत ट्राफिक जाम बढेको जानकारी प्राप्त भएको छ।

सवारी प्रयोगकर्ताहरूलाई वैकल्पिक रुट अपनाउन ट्राफिक प्रहरीले आग्रह गरेको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...