News Portal

काठमाडौंका सडकमा ट्राफिक जाम, प्रदर्शन र सुरक्षा व्यवस्थाले सवारी अवरुद्ध

संगीता गुरुङ
१७४ पटक

काठमाडौं, वैशाख ७ — राजधानीका प्रमुख सडकहरू आइतबार बिहानदेखि सवारी चापले अस्तव्यस्त बनेका छन्। शिक्षक आन्दोलन र राप्रपाको प्रदर्शनसँगै कडिएको सुरक्षा व्यवस्थाले काठमाडौंका विभिन्न ठाउँमा ट्राफिक जाम चुलिएको हो।

शिक्षकहरू चैत २० गतेदेखि माइतीघर–बिजुलीबजार क्षेत्रमा चरणबद्ध आन्दोलनमा छन्। आइतबार बिहान ९ बजेदेखि १२ बजेसम्म सडक प्रदर्शनको कार्यक्रम तय गरिएको थियो। उता राप्रपाले पनि निषेधित क्षेत्र तोड्दै प्रदर्शन गर्ने घोषणा गरेपछि प्रशासन सतर्क बनेको छ।

बानेश्वर क्षेत्रमा अहिले सवारीसाधन चल्न दिइएको छैन। माइतीघरदेखि बबरमहल, नयाँ बानेश्वरसम्मको मुख्य लेन बन्द गरी ट्राफिकलाई सर्भिस लेनबाट डाइभर्ट गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

यसरी रुट परिवर्तन गरिएपछि सिंहदरबार दक्षिण गेट, अनामनगर, हनुमानथान, थापागाउँ हुँदै गुड्ने सवारी साधनहरू लामो लाइनमा अड्किएका छन्। कार्यालय समय परेकाले कोटेश्वर, गौशाला, चाबहिल, लैनचौर, त्रिपुरेश्वर, थापाथली र कुपण्डोलमा समेत ट्राफिक जाम बढेको जानकारी प्राप्त भएको छ।

सवारी प्रयोगकर्ताहरूलाई वैकल्पिक रुट अपनाउन ट्राफिक प्रहरीले आग्रह गरेको छ।

 

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...