News Portal

सरकारी वेबसाइट ठप्प, विद्युतीय अवरोधले सेवा प्रभावित

संगीता गुरुङ
१४७ पटक

काठमाडौं, वैशाख ५ – शुक्रबार बिहानैदेखि नेपाल सरकारका प्रमुख निकायहरूको वेबसाइटमा पहुँच अवरुद्ध भएको छ। सूचना प्रविधि विभाग, राष्ट्रिय सूचना प्रविधि केन्द्र, नेपाल दूरसञ्चार प्राधिकरणसहितका विभिन्न सरकारी वेबसाइटहरू एकाएक बन्द भएपछि सेवाग्राहीहरू अप्ठ्यारोमा परेका छन्।

सिंहदरवारस्थित एकीकृत डाटा व्यवस्थापन केन्द्रले विद्युत आपूर्तिमा आएको अवरोधका कारण सेवा प्रभावित भएको जनाएको छ। केन्द्रका अनुसार विद्युतीय प्रणाली अन्तर्गतको लो भोल्टेज प्यानलको अटोमेटिक ट्रान्सफर्मर स्वीचमा समस्या देखिएपछि मर्मत आवश्यक भएको हो।

“आज बिहान ८ बजेदेखि करिब दुई घण्टा सेवा बन्द रहने जानकारी दिइएको थियो,” केन्द्रको सूचनामा उल्लेख छ, “तर समस्या समाधान नहुनाले वेबसाइटहरू अझै अवरुद्ध छन्।”

प्राविधिक टोली मर्मतमा खटिए पनि सेवा कहिले सुचारु हुने भन्ने यकिन भइसकेको छैन। यो घटनाले सरकारी डिजिटल सेवाको भरपर्दोपनप्रति पुनः प्रश्न उठाएको छ।

 

प्रतिकृया दिनुहोस्

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...