News Portal

त्रिभुवन विश्वविद्यालयको सेवा डिजिटल: आजदेखि अनलाइनमार्फत ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट उपलब्ध

संगीता गुरुङ
३०० पटक

काठमाडौँ, वैशाख २ – त्रिभुवन विश्वविद्यालयले शैक्षिक प्रमाणपत्र सेवामा डिजिटल प्रविधिको प्रयोग विस्तार गर्दै आजदेखि अनलाइनमार्फत ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट उपलब्ध गराउने भएको छ।

परीक्षा नियन्त्रण कार्यालय, बल्खुले सूचना प्रकाशित गर्दै वैशाख २ गते बिहान ११ बजेदेखि ट्रान्सक्रिप्ट तथा प्रोभिजनल सर्टिफिकेटका लागि अनलाइन आवेदन दिन सकिने जनाएको हो।

गत वर्षदेखि अनलाइन सेवा सुरु गरिएको भए पनि प्राविधिक समस्या कारण स्थगित भएको यो सेवा अबदेखि पुनः सुचारु गरिएको हो। सेवा सञ्चालनले विद्यार्थी तथा सेवाग्राहीलाई कार्यालयमै उपस्थित हुनु पर्ने झन्झट हट्नेछ र सेवामा सहजता आउने अपेक्षा गरिएको छ।

विश्वविद्यालय प्रशासनका अनुसार यो प्रणालीले समय र श्रमको बचत गर्नुका साथै पारदर्शिता र प्रभावकारिता पनि बढाउनेछ।

प्रतिकृया दिनुहोस्

ताजपुरिया र राजवंशी समुदायले मनाए सिरुवा पर्व

रबिन्द्र बराल मोरङ, -रतुवामाई नगरपालिका–३ स्थित हनुमान चोक नजिक ताजपुरिया र राजवंशी समुदायले आफ्नो परम्परागत...

आज २०८३ वैशाख २ गतेको राशिफल

आज वैशाख २, २०८३ ( अप्रिल १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेसको ‘जरा अभियान’ सुरु, देशभर सदस्यता अद्यावधिक अभियान तीव्र

काठमाडौं, १ वैशाख — नेपाली कांग्रेसले संगठन सुदृढीकरणलाई लक्षित गर्दै ‘एक महिने जरा अभियान’ देशभर...

धादिङमा ठूलो लगानीको फ्रेन्च फ्राई उद्योग, कृषि र रोजगारीमा नयाँ सम्भावना

धादिङ, वैशाख १ – आर्थिक चुनौतीबीच धादिङको नीलकण्ठ नगरपालिका–८ स्थित कमेरे गाउँमा करिब १ अर्ब...

नयाँ वर्षमा रवि लामिछानेको सन्देश: चुनौती सहेर अघि बढ्न आग्रह

काठमाडौं, वैशाख १ – नयाँ वर्ष २०८३ को अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले...