News Portal

वीरगन्जमा कर्फ्यू हट्यो, निषेधाज्ञा अनिश्चितकालसम्म कायम

संगीता गुरुङ
१५३ पटक

पर्सा, वैशाख १ — वीरगन्जमा हनुमान जन्मोत्सवको शोभायात्राका क्रममा उत्पन्न तनावपछिको कर्फ्यू आदेश हटाइएको छ। शनिबार बेलुकीदेखि आइतबार राति १२ बजेसम्म लागू गरिएको कर्फ्यू अब हटाइएको भए पनि स्थिति पूर्ण रूपमा सामान्य नहुँदा स्थानीय प्रशासनले सोमबारदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार आइतबार साँझ जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकमा पाँच बुँदे सहमति भएपछि कर्फ्यू जारी राख्नुपर्ने अवस्था नरहेको ठहर गरिएको थियो। तर, शान्ति सुरक्षालाई ध्यानमा राख्दै निषेधाज्ञा भने जारी गरिएको हो।

निषेधाज्ञाको क्षेत्र तोकिँदा पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्मको क्षेत्र समेटिएको छ। यस क्षेत्रमा कुनै पनि सभा, जुलुस, र्‍याली वा भेला गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ। स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३क) बमोजिम लागू गरिएको निषेधाज्ञा उल्लंघन गर्ने व्यक्तिलाई कानुनी कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ।

शोभायात्राका क्रममा भएको झडपपछि उत्पन्न तनावलाई साम्य पार्न आइतबार साँझ बसेको सर्वपक्षीय बैठकमा पाँच बुँदे सहमति गरिएको थियो। सहमतिको अनुसार घटनामा संलग्न दोषीहरूलाई बैशाख ३ गतेभित्र पक्राउ गरी कारबाही गर्न, धार्मिक सहिष्णुता कायम राख्न सबै पक्षले सहयोग गर्ने प्रतिवद्धता जनाइएको छ।

उक्त सहमतिमा जिल्लाका सबै प्रमुख राजनीतिक दलका प्रतिनिधिहरू, हिन्दु र मुस्लिम समुदायका अगुवा तथा सरोकारवालाहरूले हस्ताक्षर गरेका थिए।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...