News Portal

रवि लामिछानेको थुनामुक्तिको माग सर्वोच्चमा, सुनुवाइ टेकप्रसाद ढुंगानाको इजलासमा सुरु

संगीता गुरुङ
२३२ पटक

काठमाडौं, चैत्र ३१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले आफूमाथि चलिरहेको मुद्दाको पुर्पक्ष थुनाबाहिरबाट गर्न पाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा दायर गरेको निवेदनमाथिको सुनुवाइ आजबाट सुरु भएको छ।

उक्त निवेदन लामिछानेका तर्फबाट उनकी धर्मपत्नी निकिता लामिछानेले दर्ता गराएकी हुन्। उक्त मुद्दा न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा पहिलो नम्बरमा पेशी परेको हो।

हाल भैरहवा कारागारमा रहेका लामिछानेले गत शुक्रबार सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गराउँदै, थुनामुक्त गराएर स्वतन्त्र रूपमा आफ्नो पक्ष राख्न पाउने संवैधानिक अधिकारको माग गरेका थिए।

यसअघि १३ माघ २०८१ मा रुपन्देही जिल्ला अदालतले लामिछानेलाई सुप्रिम सहकारी ठगी प्रकरणमा १ करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। तर सो आदेशविरुद्ध सरकारी वकिल पक्ष र लामिछाने दुवै उच्च अदालत बुटवल पुगेका थिए।

उक्त अदालतमा दुई पक्षका निवेदनलाई एउटै इजलासमा राखेर सुनुवाइ गरिएको थियो। न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले जिल्ला अदालतको धरौटी आदेश खारेज गर्दै, लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउने निर्णय गरेको थियो।

अदालतको आदेशप्रति सम्मान जनाउँदै लामिछानेले न्यायको पक्षमा अन्तिम साससम्म लडिरहने दृढता व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १ गतेको राशिफल

आज पुष १, २०८२ (डिसेम्बर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा गोरखा समाजको पहिलो अधिवेशन तयारी तीव्र

कुवेत — कुवेतमा गोरखा घर भई विभिन्न पेशा तथा व्यवसायमा संलग्न नेपाली आप्रवासीहरूलाई एकताबद्ध गर्ने...

कुवेतमा निलकमल म्यानपावरमार्फत आएका पीडित नेपाली कामदारलाई युवाशक्ति कुवेतको खाद्यान्न सहयोग

कुवेत — “सके राम्रो गरौँ, नसके खराब नगरौँ” भन्ने मूल नारासहित स्थापना भएको युवाशक्ति कुवेत...

युवा रेडक्रस सर्कल नीलकण्ठ क्याम्पसकी अध्यक्ष शर्मिला अर्यालद्वारा सफल कार्यकालपछि पद हस्तान्तरण

धादिङ – युवा रेडक्रस सर्कल, नीलकण्ठ बहुमुखी क्याम्पस, धादिङकी अध्यक्ष शर्मिला अर्यालले आफ्नो कार्यकाल सफलतापूर्वक...

युवराज ज्ञवालीको स्पष्ट सन्देश, जीवनभर पद समातिरहने प्रवृत्ति त्याग्नुपर्छ

काठमाडौं, मंसिर २९ – नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले राजनीति पद र शक्तिका लागि नभई...