News Portal

रवि लामिछानेको थुनामुक्तिको माग सर्वोच्चमा, सुनुवाइ टेकप्रसाद ढुंगानाको इजलासमा सुरु

संगीता गुरुङ
३५८ पटक

काठमाडौं, चैत्र ३१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले आफूमाथि चलिरहेको मुद्दाको पुर्पक्ष थुनाबाहिरबाट गर्न पाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा दायर गरेको निवेदनमाथिको सुनुवाइ आजबाट सुरु भएको छ।

उक्त निवेदन लामिछानेका तर्फबाट उनकी धर्मपत्नी निकिता लामिछानेले दर्ता गराएकी हुन्। उक्त मुद्दा न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा पहिलो नम्बरमा पेशी परेको हो।

हाल भैरहवा कारागारमा रहेका लामिछानेले गत शुक्रबार सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गराउँदै, थुनामुक्त गराएर स्वतन्त्र रूपमा आफ्नो पक्ष राख्न पाउने संवैधानिक अधिकारको माग गरेका थिए।

यसअघि १३ माघ २०८१ मा रुपन्देही जिल्ला अदालतले लामिछानेलाई सुप्रिम सहकारी ठगी प्रकरणमा १ करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। तर सो आदेशविरुद्ध सरकारी वकिल पक्ष र लामिछाने दुवै उच्च अदालत बुटवल पुगेका थिए।

उक्त अदालतमा दुई पक्षका निवेदनलाई एउटै इजलासमा राखेर सुनुवाइ गरिएको थियो। न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले जिल्ला अदालतको धरौटी आदेश खारेज गर्दै, लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउने निर्णय गरेको थियो।

अदालतको आदेशप्रति सम्मान जनाउँदै लामिछानेले न्यायको पक्षमा अन्तिम साससम्म लडिरहने दृढता व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...