News Portal

नयाँ वर्षसँगै नयाँ सरकारको संकेत, प्रचण्डको टिप्पणीले राजनीतिक तरंग

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्षको सुरुवातसँगै देशमा सत्तासम्बन्धी महत्वपूर्ण परिवर्तन हुन सक्ने संकेत दिएका छन्।

संगीता गुरुङ
२२८ पटक

चितवन, चैत्र ३१ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्षको सुरुवातसँगै देशमा सत्तासम्बन्धी महत्वपूर्ण परिवर्तन हुन सक्ने संकेत दिएका छन्। आज आइतबार चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पछिल्लो समय देखिएका राजनीतिक उतारचढावलाई आधार बनाएर यस्तो सम्भावनाको इङ्गित गरेका हुन्।

उनले हालको सरकार टिक्न गाह्रो भइरहेकाले नयाँ विकल्पहरूको ढोका खुलेको बताउँदै भने, “स्थिति यस्तो बन्दै गएको छ कि वर्तमान सरकारका लागि लामो समयसम्म टिकिरहन सहज छैन। त्यसैले कुनै पनि सम्भावना नकार्न मिल्दैन।”

प्रचण्डले जनतामाझ सरकारप्रतिको असन्तुष्टि तीव्र हुँदै गएको उल्लेख गर्दै, सरकारका भागीदार दलहरू समेत सडकमै झर्ने अवस्थामा पुगेको धारणा राखे। “नयाँ वर्षले देशलाई केही न केही निकास दिने विश्वास छ,” उनले थपे।

केही समयअघि एक टेलिभिजन अन्तर्वार्तामा उनले नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्न सक्ने संकेत गरेका थिए। सोही विषयमा सञ्चारकर्मीहरूले थप जानकारी माग्दा उनले धेरै नबोल्न आग्रह गरे। “पछिल्ला घटनाक्रमहरू नयाँ छन्, केही नयाँ अनुभवका आधारमा मैले कुरा राखेको हुँ,” प्रचण्डको भनाइ थियो।

उनले सुरु देखिनै ठूलो दलको नेतृत्वमा सरकार बन्ने कुरामा विश्वास राखेको भन्दै अहिलेको परिदृश्यले पनि देश त्यही दिशातिर अघि बढ्ने अनुमान गरे।

उनको यो अभिव्यक्तिले नयाँ वर्षको पूर्वसन्ध्यामा नेपाली राजनीतिक वृत्तमा फेरि एक पटक सत्ता समीकरणबारे व्यापक बहसको वातावरण तयार पारेको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...