News Portal

युवा स्वयंसेवक सन्दिप रिजाल सम्मानित

समिर कुमार अधिकारी (द्रुपद)
५१२ पटक

काठमाडौं, चैत्र ३१ – नेपाल रेडक्रस सोसाइटी, धादिङ जिल्ला शाखाको ३८औं वार्षिक साधारण सभाको अवसरमा नेपाल रेडक्रस सोसाइटी युवा रेडक्रस सर्कल, नीलकण्ठ बहुमुखी क्याम्पस, नीलकण्ठ नपा–३, धादिङका उपाध्यक्ष सन्दिप रिजाललाई आज सम्पन्न उक्त सभामा असल तथा जेहेन्दार विद्यार्थीका साथै सर्कलमा सक्रिय भई कार्यरत रहँदा पुर्‍याएको योगदानका लागि “स्व. पूर्ण प्रसाद स्वयंसेवक पुरस्कार” प्रदान गरिएको छ।

उक्त पुरस्कार अन्तर्गत उहाँलाई नगद रु. ४,०००।– (अक्षरूपी चार हजार मात्र) र प्रशंसा पत्र प्रदान गरियो।

कार्यक्रम बागमती प्रदेश सभा सदस्य माननीय गोविन्द लम्सालको प्रमुख आतिथ्यतामा धादिङबेसीमा सम्पन्न भएको हो।

सम्मानित सन्दिप रिजाल युवा रेडक्रस सर्कल अन्तर्गत रही विभिन्न सामाजिक सेवामूलक कार्यक्रमहरूमा सक्रिय सहभागी रहँदै आएका छन्।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...