News Portal

माउन्ट मकालु बोर्डिङ स्कुल रङ्गेलीले ३३ औं वार्षिकोत्सव मनायो

माउन्ट मकालु बोर्डिङ स्कुल रङ्गेलीले ३३ औं वार्षिकोत्सव मनाएको छ।

रबिन्द्र बराल
३१३ पटक

मोरङ, चैत्र ३० – रङ्गेली नगरपालिका वडा नं. ७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले शुक्रबार एक भव्य समारोहका बीच ३३ औं वार्षिकोत्सव मनाएको छ।

विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा प्रमुख अतिथि रङ्गेली नगरपालिकाका मेयर श्री दिलिप बगडियाले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।

कार्यक्रममा शिक्षा शाखा प्रमुख रबिन्द्र कुमार पण्डित, पूर्व शिक्षक सुरेश मिश्र, स्थानीय समाजसेवी मंगल चन्द अग्रवाल, जनता क्याम्पस रङ्गेलीका क्याम्पस प्रमुख सुरेन्द्र कुमार बस्नेत, जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्य नारायण मण्डल, इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रमुख सन्तोष खड्का, मिनिल्याण्ड बोर्डिङ स्कुलका प्रिन्सिपल विकर्ण कार्की, पूर्व वडा अध्यक्ष रुपेशकुमार मण्डल, भूपेन्द्र मण्डल, सनग्लोरी बोर्डिङ स्कुलका प्रिन्सिपल प्रमोद मण्डल, नगर प्याब्सन अध्यक्ष गोपाल भट्टराई, नगर प्याब्सन सल्लाहकार एवं न्यू स्टार बोर्डिङ स्कुलका प्रिन्सिपल भक्तराज सुब्बा, फारुक रिज्बी लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

वार्षिकोत्सवको अवसरमा विद्यालयले SEE परीक्षा दिन लागेका कक्षा १० का विद्यार्थीहरूलाई उत्तरोत्तर प्रगति एवं सफलताको शुभकामना सहित बिदाई गरिएको थियो। साथै, कक्षा १२ का विद्यार्थीहरूलाई सफलताको अग्रिम शुभकामना दिइएको थियो।

कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो भने बालबालिकाहरूले नृत्यमार्फत उपस्थित दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेका थिए। त्यस्तै, विद्यालयका शिक्षिकाहरूले देशभक्तिपूर्ण गीतमा नृत्य प्रस्तुत गरेका थिए।

अन्त्यमा, विद्यालयको तर्फबाट प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अन्य सहभागीहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...