News Portal

माउन्ट मकालु बोर्डिङ स्कुल रङ्गेलीले ३३ औं वार्षिकोत्सव मनायो

माउन्ट मकालु बोर्डिङ स्कुल रङ्गेलीले ३३ औं वार्षिकोत्सव मनाएको छ।

रबिन्द्र बराल
२१२ पटक

मोरङ, चैत्र ३० – रङ्गेली नगरपालिका वडा नं. ७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले शुक्रबार एक भव्य समारोहका बीच ३३ औं वार्षिकोत्सव मनाएको छ।

विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा प्रमुख अतिथि रङ्गेली नगरपालिकाका मेयर श्री दिलिप बगडियाले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।

कार्यक्रममा शिक्षा शाखा प्रमुख रबिन्द्र कुमार पण्डित, पूर्व शिक्षक सुरेश मिश्र, स्थानीय समाजसेवी मंगल चन्द अग्रवाल, जनता क्याम्पस रङ्गेलीका क्याम्पस प्रमुख सुरेन्द्र कुमार बस्नेत, जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्य नारायण मण्डल, इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रमुख सन्तोष खड्का, मिनिल्याण्ड बोर्डिङ स्कुलका प्रिन्सिपल विकर्ण कार्की, पूर्व वडा अध्यक्ष रुपेशकुमार मण्डल, भूपेन्द्र मण्डल, सनग्लोरी बोर्डिङ स्कुलका प्रिन्सिपल प्रमोद मण्डल, नगर प्याब्सन अध्यक्ष गोपाल भट्टराई, नगर प्याब्सन सल्लाहकार एवं न्यू स्टार बोर्डिङ स्कुलका प्रिन्सिपल भक्तराज सुब्बा, फारुक रिज्बी लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

वार्षिकोत्सवको अवसरमा विद्यालयले SEE परीक्षा दिन लागेका कक्षा १० का विद्यार्थीहरूलाई उत्तरोत्तर प्रगति एवं सफलताको शुभकामना सहित बिदाई गरिएको थियो। साथै, कक्षा १२ का विद्यार्थीहरूलाई सफलताको अग्रिम शुभकामना दिइएको थियो।

कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो भने बालबालिकाहरूले नृत्यमार्फत उपस्थित दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेका थिए। त्यस्तै, विद्यालयका शिक्षिकाहरूले देशभक्तिपूर्ण गीतमा नृत्य प्रस्तुत गरेका थिए।

अन्त्यमा, विद्यालयको तर्फबाट प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अन्य सहभागीहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...