News Portal

सहयोगको नाममा बलात्कार, दृष्टिविहिन किशोरीले खोजिन् न्याय

अछाम जिल्लामा एक २१ वर्षीया दृष्टिविहिन किशोरीमाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ।

हिमालीसंचार संवाददाता
१९७ पटक

चैत्र २७, अछाम — अछाम जिल्लामा एक २१ वर्षीया दृष्टिविहिन किशोरीमाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ। चैत २६ गते पीडित किशोरीले जिल्ला प्रहरी कार्यालय अछाममा उजुरी दिएपछि घटना बाहिरिएको हो।

प्रहरी अनुसन्धानका क्रममा पीडितको स्वास्थ्य परीक्षण गर्दा उनी २८ हप्ताको गर्भवती भएको पुष्टि भएको जिल्ला प्रहरी प्रमुख डिएसपी ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए।

पीडितको भनाइअनुसार, गत असोज २१ गते रामारोशन गाउँपालिका–५ का ५१ वर्षीय चेतमान रोकायाले उनलाई जिल्ला अस्पतालको जंगल पछाडि बोलाई बलात्कार गरेका थिए। उनले अपांग महासंघमार्फत सहयोग गरिदिने आश्वासन दिँदै प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको उल्लेख गरिएको छ।

आरोपित रोकायालाई प्रहरीले पक्राउ गरिसकेको छ। उनलाई पनि शारीरिक अपांगता रहेको जनाइएको छ – उनको दाहिने खुट्टा छैन।

यस घटनाले अपांगता भएका महिला तथा किशोरीहरू अझै पनि कति असुरक्षित अवस्थामा छन् भन्ने गम्भीर सन्देश दिएको छ। पीडितको न्याय सुनिश्चित गर्नका लागि सम्बन्धित निकायहरूलाई सक्रिय भूमिका खेल्न मानव अधिकारकर्मीहरूले आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...

धादिङ कलेरीमा माघे संक्रान्ती–२०८२: मगर संस्कृति र परम्पराको उत्सव

धादिङ – मगर भाषा, संस्कृति तथा परम्परागत पहिचानको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ती–२०८२...

रवि–बालेन एकता सहमति-घण्टी प्रतीकमा नयाँ राजनीतिक यात्राको घोषणा

काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्देश्यसहित रवि लामिछाने र बालेन्द्र शाह (बालेन) बीच...