News Portal

केराबारीको वन क्षेत्रमा भरुवा बन्दुकसहित दुई जना पक्राउ

मोरङको केराबारी गाउँपालिका–८ स्थित आमजुंगी सामुदायिक वन क्षेत्रबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन्।

संगीता गुरुङ
१५४ पटक

चैत्र २५, मोरङ – मोरङको केराबारी गाउँपालिका–८ स्थित आमजुंगी सामुदायिक वन क्षेत्रबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन्। आइतबार साँझ वन्यजन्तु सिकारको तयारीमा रहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा केराबारी–८ निवासी ४४ वर्षीय मणिराज याक्खा र ३४ वर्षीय डिल्लीकुमार कार्की रहेका छन्। उनीहरूको साथबाट तीन नाल भरुवा बन्दुक बरामद गरिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।

यसै घटनासँग जोडिएर अर्का स्थानीय ३५ वर्षीय धनबहादुर लिम्बू फरार रहेको र उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

हाल पक्राउ परेकामाथि हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा अगाडि बढाउने तयारी भइरहेको छ। वन्यजन्तु संरक्षण ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...

धादिङ कलेरीमा माघे संक्रान्ती–२०८२: मगर संस्कृति र परम्पराको उत्सव

धादिङ – मगर भाषा, संस्कृति तथा परम्परागत पहिचानको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ती–२०८२...

रवि–बालेन एकता सहमति-घण्टी प्रतीकमा नयाँ राजनीतिक यात्राको घोषणा

काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्देश्यसहित रवि लामिछाने र बालेन्द्र शाह (बालेन) बीच...