News Portal

  • नेकपा ललितपुरद्वारा जनआन्दोलन दिवसको अवसरमा विरोध प्रदर्शन सम्पन्न

    संगीता गुरुङ
    १३३ पटक

    ललितपुर, चैत २४ – राष्ट्रिय जनआन्दोलन दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ललितपुरले आज लगनखेलमा विरोध प्रदर्शन तथा कोणसभाको आयोजना गरेको छ।

    “दलाल संसदीय पुँजीवाद र प्रतिगामी षड्यन्त्रविरुद्ध” जनमत बटुल्दै गरिएको उक्त कार्यक्रममा स्थानीय कार्यकर्ता, समर्थकहरू र सर्वसाधारणको उल्लेखनीय सहभागिता देखिएको थियो।

    नेकपा ललितपुरका इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य विपिन सीका अनुसार, देशभरका विभिन्न स्थानहरूमा आज पार्टीले विरोधमूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। लगनखेलमा सम्पन्न कोणसभामा नेताहरूले हालको राजनीतिक अवस्था, जनआन्दोलनको सन्देश, र परिवर्तनको आवश्यकतामाथि धारणा राखेका थिए।

    कार्यक्रम शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको थियो भने उपस्थित भिडबाट जनचेतनाको बलियो सन्देश प्रवाह गरिएको नेताहरूको भनाइ छ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज ६ गतेको राशिफल

    आज असोज ६, २०८२ (सेप्टेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    भोलिदेखि भक्तपुरमा नवराते मेला सुरु

    भक्तपुर, असोज ५ – दशैंको सुरुवातसँगै भक्तपुरमा परम्परागत नवराते मेला सोमबारदेखि सुरु हुँदैछ। घटस्थापनासँगै सुरु...

    यूएईपछि साउदी, कतार र मलेसियामा पनि नेपाली कामदारमाथि कडाइ

    काठमाडौं, असोज ५ – भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलन का क्रममा जेलबाट...

    तुइनखोलाको पहिरो हटाउने काम जारी, साँझसम्म सडक सञ्चालन हुने अनुमान

    चितवन, असोज ५ – तुइनखोलामा खसेको पहिरो हटाउन कार्यदल सक्रिय भएसँगै नारायणगढ–मुग्लिन सडकमा यातायात खुल्ने...

    ऊर्जा मन्त्री घिसिङको रोजाइमा मनोज सिलवाल, शाक्यमाथि बढ्यो दबाब

    काठमाडौं, असोज ५ – हाल नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यामाथि राजीनामाको दबाब...