News Portal

सानोठिमी क्याम्पसका स्ववियु अध्यक्षमाथि राति आक्रमण, अनुहारमा गम्भीर चोट

सानोठिमी क्याम्पसका स्ववियु अध्यक्षमाथि शनिवार राति आक्रमण भएको छ।

संगीता गुरुङ
२८० पटक

काठमाडौं, चैत २४ – भक्तपुरको सानोठिमी क्याम्पसका नवनिर्वाचित स्ववियु अध्यक्ष नरेन्द्रसिंह ठगुन्नामाथि शनिबार रातिको समयमा कुटपिट भएको खुलासा भएको छ।

पूर्व अखिल क्रान्तिकारी अध्यक्ष तथा माओवादी केन्द्रका नेता रमेश मल्लले सामाजिक सञ्जाल फेसबुकमा ठगुन्नाको घाइते अवस्थाका तस्बिरहरू सार्वजनिक गर्दै आक्रमणको जानकारी दिएका हुन्। मल्लका अनुसार ठगुन्नालाई अनुहारमा गम्भीर चोट लागेको छ, विशेषगरी चिउडो र आँखा आसपासमा असर परेको बताइएको छ।

यता जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) माधव बुढाथोकीले भने घटनाबारे कुनै जानकारी प्राप्त नभएको प्रतिक्रिया दिएका छन्। उनका अनुसार प्रहरीमा हालसम्म उजुरी दर्ता नभएको छ।

हाल घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचान खुल्न नसकेको अवस्था छ। थप अनुसन्धानको अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...