News Portal

सानोठिमी क्याम्पसका स्ववियु अध्यक्षमाथि राति आक्रमण, अनुहारमा गम्भीर चोट

सानोठिमी क्याम्पसका स्ववियु अध्यक्षमाथि शनिवार राति आक्रमण भएको छ।

संगीता गुरुङ
२३३ पटक

काठमाडौं, चैत २४ – भक्तपुरको सानोठिमी क्याम्पसका नवनिर्वाचित स्ववियु अध्यक्ष नरेन्द्रसिंह ठगुन्नामाथि शनिबार रातिको समयमा कुटपिट भएको खुलासा भएको छ।

पूर्व अखिल क्रान्तिकारी अध्यक्ष तथा माओवादी केन्द्रका नेता रमेश मल्लले सामाजिक सञ्जाल फेसबुकमा ठगुन्नाको घाइते अवस्थाका तस्बिरहरू सार्वजनिक गर्दै आक्रमणको जानकारी दिएका हुन्। मल्लका अनुसार ठगुन्नालाई अनुहारमा गम्भीर चोट लागेको छ, विशेषगरी चिउडो र आँखा आसपासमा असर परेको बताइएको छ।

यता जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) माधव बुढाथोकीले भने घटनाबारे कुनै जानकारी प्राप्त नभएको प्रतिक्रिया दिएका छन्। उनका अनुसार प्रहरीमा हालसम्म उजुरी दर्ता नभएको छ।

हाल घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचान खुल्न नसकेको अवस्था छ। थप अनुसन्धानको अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...