News Portal

  • स्वर्गीय पिताकाे सम्झनामा प्रवासी छोरी डा. सुमाया राईको संदेश

    डा. सुमाया राई
    ६७६ पटक
    २०२५ अप्रिल ६ तारिख

    १) कसरी ?

    कसरी हेर्न सकौंला तिमी ढलेको
    निष्प्राण भई माटोमा मिलेको
    तिमी त सृष्टिका प्राण थियौ
    हामी सबैका अरमान थियौ
    ओजमाथि बरू शंका रहला
    तिमी त सफलताका शंखनाद थियौ
    आह्लादित प्रभातका रश्मि जस्तै
    तरोताजा बिहानीका शीत थियौ
    कसरी हेर्न सकौला तिमी जलेको
    निष्प्राण भई माटोमा मिलेको

    किंचित् अविचल अविरल
    स्पेक्ट्रोकोपिक तिम्रो दृष्टि
    कर्मठताले सराबोर तिम्रो बिचार
    सकारात्मकताको संधै वृष्टि
    तिमी उठे ऊर्जाको संचार जस्तो
    तिमी बोले सिंहको हूँकार जस्तो
    कसरी सहौंला तिमी ओझल भएको
    निष्प्राण भई माटोमा मिलेको
    कसरी ??

    २) पिताजी हजुरलाई लाखौं नमन !

    सलल बगी रहने जीवन
    तिमीनै हौ सारा भुवन
    सुखका साथी दु:खको मलम
    पिताजी हजुरलाई लाखौं नमन !

    नथियो नहुनेछन तिमी जस्तो कोही
    प्रगतिपथको रहर कति हो कति
    न घामले पोल्यो न शीतले छोप्यो
    काँध थापि दियौ हाम्लाई संधैभरी
    सफलताको पुँजी थमायौ कलम
    पिताजी हजुरलाई लाखौं नमन !!

    दीनदु:खीलाई माया गर्न सिकायौ
    अशक्तलाई लाज ढाक्ने बनायौ
    तिम्रो छाहारीमा के गरीब ? के हो धनी ?
    भोकालाई भोजन अंधोलाई बाटो देखायौ
    तिमीनै सृष्टिकर्ता तिमीनै मेरो भगवान
    पिताजी हजुरलाई लाखौं नमन !!!


    पिताजी, स्वर्गीय मान बहादुर राई हामीबाट बिदालिनु भएको आज पैंतालिस दिन भैसकेछ। यद्दपि, यो मनले पिताजीको भौतिक उपस्थिति अब रहेन भन्ने सत्यतालाई स्वीकार गर्न सकी रहेको छैन। पितारूपी शीतल छायाबाट हामी बंचित भएका छौं र म स्वयं ६० औं वर्षहरू पार गरि सकेपनि टुहुरो भएको भान भैरहेको छ। शायद विस्तारै सहज हुँदै जाने छौं।

    मानिसको चोला जन्मपछि एकदिन यस सुन्दर संसारलाई छाडेर जानैपर्ने। फरक यतिमात्र हो कि जन्म घडीमा घर परिवार, आफन्तहरू सबै रमाउँछन, हर्षित हुन्छन। जबकि, मृत्यु घडी अत्यन्तै पीडादायी हुन्छ, मर्माहत बनाउदछ र बाँच्नेहरूले अनन्य रोदनका साथ मनलाई बुझाउनु बाहेक अन्य उपाय नै नहुने रैछ।

    २१ फरवरी २०२५ को दिन भाई सुवासले फोन मार्फत पिताजी नर्भिक अस्पतालको सय्यामा अंतिम साँस फेर्नु भएको खबर सुनाई रहँदा आफ्नो सामु बम विस्फोट भए जस्तो, धरती भास्सिए जस्तो, मन-मस्तिष्क शून्य भए जस्ता भावहरूले पीरोलिदै २२ फरवरीको राती नेपाल पुगियो। २३ फरवरीको दिन पिताजीको पार्थिव शरीरलाई अंतिम विदाई (काठमाण्डौको पशुपतिमा अग्नि दाह) सम्पन्न गरियो। सोही दिन सपरिवार देउरी, उदयपुर घर तर्फ लागियो पिताजीको मृत्योपरांतको सम्पूर्ण काजक्रिया सम्पन्न गर्ने हेतुले। भाईद्वय, गिरी राज एवं सुवास किराती विधि विधान र संस्कार अनुसार १३ दिन सम्म कोरा बसे पश्चात् सम्पूर्ण काजक्रिया सम्पन्न भै सके पछि अश्रुपूरित आँखाहरू र भारी मन लिएर हामी सबै आ-आफ्नो कर्मथलोतर्फ प्रस्थान गरियो।

    पिताजीले महाप्रस्थान हुनु भएको उक्त शोकाकुल र विकट घडीमा हामी शोक संतप्त परिवारलाई शान्त्वना दिएर हाम्रो दु:ख-पीडालाई केही मत्थर पार्ने उद्देश्यले उपस्थित हुनु भएका हाम्रा दाजुभाईहरू , आफन्तजनहरु, छरछिमेकीहरु, सामाजिक, राजनीतिक र प्राज्ञिक लगायत विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित महानुभावहरू लगायत सम्पूर्ण संघसंस्थाहरू विषेशगरी नेपालको संदर्भमा – किरात राई यायोक्खा नेपाल, नेपाली काँग्रेस जिल्ला कार्यसमिति उदयपुर लगायत सबै क्षेत्रीय एवं वड़ा स्तरीय समितिहरू, नगरपालिका गाईघाट, कर्मचारी संघ उदयपुर, नेपाल महिला संघ उदयपुर, नेकपा एमाले उदयपुर, नेकपा माओवादी उदयपुर, संघिय समाजवादी पाटी उदयपुर, डा. रणशेर राई मेमोरियल उदयपुर, त्रियुगा जनता क्याम्पस मोतिगढा, शिव मंदिर व्यवस्थापन समिति देउरी उदयपुर, अनाम एकता समाज अनामनगर, गीतकार संघ नेपाल, बल बहादुर राई स्मृति अध्ययन प्रतिष्ठान नेपाल। यसैगरि बेलायतको संदर्भमा- किरात राई यायोक्खा लंडन, नेपाली महिला समिति युके, नेपाल आदिवासी जनजाति महासंघ युके, किरात राई यायोक्खा केन्द्रिय कार्यसमिति युके, किरात राई चामलिंग खाम्बातिम् युके, खोटाँग सेवा समाज युके, गोर्खा नेप्लिज वेलफेयर सोसायटी युके लगायत विभिन्न माध्यमद्वारा सम्पूर्ण महानुभावहरूले आफ्नो अमुल्य समयलाई थाति राख्दै हाम्रो परिवारमा पर्न गएको यस असीम पीडामा शामिल हुनु भएर हाम्रा स्वर्गीय पिताजीको आत्माको चीर शान्तीको कामना गर्दै बैकुण्ठमा बास हुन सकोस भनी र यसैगरी किराती संस्कार अनुसार पिताजीको पित्रात्माले तीन चुल्हामा बास गर्न सकून भनी भावपूर्ण श्रद्धांजली व्यक्त गरीदिनु भएकोमा हाम्रो परिवारबाट हजुरहरूप्रति हृदयदेखी कृतज्ञता र आभार प्रकट गर्दछौं। धन्यवाद।

    – काठमाण्डौ, नेपाल।
    हाल : बेलायत।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    धरान फर्किएर भावुक बने हर्क साम्पाङ, विदेशी टेकओभरको चिन्ता

    धरान, भदौ ३१ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ जेएनजी आन्दोलनपछि काठमाडौंबाट फर्किएर धरानमा पत्रकारहरूसँग...

    प्रधानमन्त्री कार्कीको आग्रह अस्वीकार, डा. रुइतको जवाफ– ‘बिरामीलाई छाडेर सरकारमा आउन सक्दिन’

    काठमाडौं, भदौ ३१ – प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई सरकारले...

    पार्टी कार्यालयको अवलोकनमा प्रचण्ड

    काठमाडौं, भदौ ३१ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पार्टीको केन्द्रीय...

    आज २०८२ साल भदौ ३१ गतेको राशिफल

    आज भदौ ३१, २०८२ (सेप्टेम्बर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    विराटनगरको भाटभटेनीमा शव फेला

    विराटनगर, भदौ ३० – जेनजी आन्दोलनका क्रममा आगजनी भएको विराटनगर–६ स्थित भाटभटेनी सुपरमार्केटमा सोमबार जलेको...