News Portal

रवि लामिछाने थुनामा पठाउने आदेशपछि रास्वपाका नेताहरू रणनीतिक छलफलमा

संगीता गुरुङ
३११ पटक

काठमाडौं, चैत्र २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशसँगै पार्टीभित्र आकस्मिक हलचल सुरु भएको छ।

अदालतको निर्णय सार्वजनिक भएपछि काठमाडौंमा रहेका रास्वपाका नेताहरू तत्काल छलफलमा जुटेका छन्। प्राप्त जानकारीअनुसार, हालको राजनीतिक अवस्था र सम्भावित रणनीतिबारे स्पष्ट योजना बनाउन नेताहरूबीच गम्भीर सम्वाद भइरहेको छ।

पार्टीले भोलि चितवनमा आयोजना गर्न लागेको जनयात्रा शुभारम्भ कार्यक्रम पनि यस घटनापछि अन्योलमा परेको देखिन्छ। सो कार्यक्रममा रवि लामिछानेले महत्वपूर्ण अभिव्यक्ति दिने तयारीमा रहेको जनाइएको थियो।

उल्लेखनीय छ, उच्च अदालत तुलसीपुरअन्तर्गत बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्विकृती पराजुलीले जिल्ला अदालत रुपन्देहीको पूरानो आदेशलाई बदर गर्दै लामिछानेलाई थुनामा पठाउने निर्णय सुनाएका हुन्।

रास्वपाले हालको परिस्थितिलाई मध्यनजर गर्दै छिट्टै पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...