News Portal

माओवादी नेताहरूको लहर विप्लव नेतृत्वको नेकपातर्फ, १४ जना नेता-कार्यकर्ताको प्रवेश

१४ जना नेता तथा कार्यकर्ताले नेकपामा औपचारिक प्रवेश गरेका छन्।

संगीता गुरुङ
४१५ पटक

ललितपुर, चैत्र २२ — विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पछिल्लो समय माओवादी केन्द्रका नेताहरूको आकर्षणको केन्द्र बन्दै गएको छ। शनिबार ललितपुरको हरिसिद्धिमा आयोजित विशेष कार्यक्रममा माओवादी केन्द्रका प्रदेश सदस्य दिलिप श्रेष्ठसहित १४ जना नेता तथा कार्यकर्ताले नेकपामा औपचारिक प्रवेश गरेका छन्।

नेकपाका महासचिव विप्लव सीको निजी निवासमा आयोजित कार्यक्रममा नवप्रवेशीहरूलाई अविर र खादा ओढाएर स्वागत गरिएको थियो। महासचिव विप्लव सी, स्थायी कमिटी सदस्य सिलु सी, गोरखा इन्चार्ज कपिल सी लगायत शीर्ष नेताहरूको उपस्थितिमा भएको स्वागत कार्यक्रममा नेकपामा प्रवेश गर्नेहरूको सम्मानपूर्वक स्वागत गरियो।

कार्यक्रम सञ्चालन समाजवादी ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष टेक सीले गरेका थिए। सो अवसरमा महासचिव विप्लव सीले सम्बोधन गर्दै भने, “देशको हरेक कुनाबाट असल सोच भएका मानिसहरू एकजुट हुनुपर्ने बेला आएको छ। आज हाम्रो संगठनमा एउटा महत्वपूर्ण इँटा थपिएको छ। यो हाम्रो साझा लक्ष्यतर्फको सकारात्मक कदम हो।”

दल परिवर्तन गरेका नेता-कार्यकर्ताहरूले नेकपाको नीतिप्रति विश्वास व्यक्त गर्दै आगामी दिनमा संगठन सशक्त बनाउने प्रतिबद्धता जनाएका छन्। दिलिप श्रेष्ठले भने, “नेकपाको विचार र जनमुखी एजेन्डाले हामीलाई आकर्षित गरेको हो। अब हामी पार्टीको सांगठानिक मजबुतीका लागि सक्रिय भूमिका खेल्नेछौं।”

यो प्रवेशलाई विश्लेषकहरूले नेकपाको सुदृढीकरणको संकेतका रूपमा लिएका छन्। नेकपाले अब संगठन विस्तारलाई तीव्रता दिने र जनताको मुद्दा उठाउन थप प्रभावकारी रणनीति अघि सार्ने तयारी गरिरहेको छ।

 

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...