News Portal

माओवादी नेताहरूको लहर विप्लव नेतृत्वको नेकपातर्फ, १४ जना नेता-कार्यकर्ताको प्रवेश

१४ जना नेता तथा कार्यकर्ताले नेकपामा औपचारिक प्रवेश गरेका छन्।

संगीता गुरुङ
२८७ पटक

ललितपुर, चैत्र २२ — विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पछिल्लो समय माओवादी केन्द्रका नेताहरूको आकर्षणको केन्द्र बन्दै गएको छ। शनिबार ललितपुरको हरिसिद्धिमा आयोजित विशेष कार्यक्रममा माओवादी केन्द्रका प्रदेश सदस्य दिलिप श्रेष्ठसहित १४ जना नेता तथा कार्यकर्ताले नेकपामा औपचारिक प्रवेश गरेका छन्।

नेकपाका महासचिव विप्लव सीको निजी निवासमा आयोजित कार्यक्रममा नवप्रवेशीहरूलाई अविर र खादा ओढाएर स्वागत गरिएको थियो। महासचिव विप्लव सी, स्थायी कमिटी सदस्य सिलु सी, गोरखा इन्चार्ज कपिल सी लगायत शीर्ष नेताहरूको उपस्थितिमा भएको स्वागत कार्यक्रममा नेकपामा प्रवेश गर्नेहरूको सम्मानपूर्वक स्वागत गरियो।

कार्यक्रम सञ्चालन समाजवादी ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष टेक सीले गरेका थिए। सो अवसरमा महासचिव विप्लव सीले सम्बोधन गर्दै भने, “देशको हरेक कुनाबाट असल सोच भएका मानिसहरू एकजुट हुनुपर्ने बेला आएको छ। आज हाम्रो संगठनमा एउटा महत्वपूर्ण इँटा थपिएको छ। यो हाम्रो साझा लक्ष्यतर्फको सकारात्मक कदम हो।”

दल परिवर्तन गरेका नेता-कार्यकर्ताहरूले नेकपाको नीतिप्रति विश्वास व्यक्त गर्दै आगामी दिनमा संगठन सशक्त बनाउने प्रतिबद्धता जनाएका छन्। दिलिप श्रेष्ठले भने, “नेकपाको विचार र जनमुखी एजेन्डाले हामीलाई आकर्षित गरेको हो। अब हामी पार्टीको सांगठानिक मजबुतीका लागि सक्रिय भूमिका खेल्नेछौं।”

यो प्रवेशलाई विश्लेषकहरूले नेकपाको सुदृढीकरणको संकेतका रूपमा लिएका छन्। नेकपाले अब संगठन विस्तारलाई तीव्रता दिने र जनताको मुद्दा उठाउन थप प्रभावकारी रणनीति अघि सार्ने तयारी गरिरहेको छ।

 

प्रतिकृया दिनुहोस्

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...

रवि, बालेन र कुलमानबीच आज निर्णायक त्रिपक्षीय भेट

काठमाडौँ, पुष ११ – वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावनाबारे छलफल तीव्र बन्दै गएको बेला ऊर्जा,...