News Portal

एनआरएनएको सदस्यता अभियान तीव्र पार्न जापान र कोरियाको भ्रमण गर्दै शेष घले

हिमालीसंचार संवाददाता
२५५ पटक

काठमाडौँ। गैरआवासीय नेपाली संघ एनआरएनए उच्चस्तरीय समितिका अध्यक्ष सहितको टोलीले जापान र दक्षिण कोरियाको भ्रमण गर्ने भएका छन्।

सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय समितिका संयोजक डा. शेष घलेसहितको टोली जापान र दक्षिण कोरिया जान लागेको हो।

मे ३–५, २०२५ मा काठमाडौँमा एकताको अधिवेशन आह्वान गरेर तयारी तीव्र भइरहेका बेला उच्चस्तरीय समितिका सदस्यसहितको टोली सदस्यता अभियान तीव्र पार्न यात्रामा निस्कन लागेको हो।

यही शनिवार ५ तारिखका दिन राष्ट्रिय समन्वय परिषद् जापानले डा. घलेको प्रमुख आतिथ्यमा राजधानी टोकियोमा ‘प्रवासमा रहेका नेपालीहरूका लागि एनआरएनएको आवश्यकता र महत्त्व’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागेको छ।

यसैगरी आइतबार ६ अप्रिलका दिन दक्षिण कोरियाको राजधानी सियोलमा दुई एनसीसीबीचको एकता अधिवेशन उद्घाटन समारोहलाई पनि डा. घलेले सम्बोधन गर्ने छन्।

दक्षिण कोरियामा हुने एनसीसी एकता अधिवेशनको प्रमुख अतिथिको रूपमा संस्कृति तथा पर्यटन राज्यमन्त्री अरुण चौधरी पनि जाने भएका छन्।

काठमाडौँमा हुन लागेको एकताको महाधिवेशनका लागि उच्चस्तरीय समितिले सदस्यता आवेदनको मिति ७ अप्रिलसम्म पुर्‍याएको छ भने भौतिक रुपमै उपस्थित भएर महाधिवेशनमा सहभागी बन्न डेलिगेट्स (प्रतिनिधि)को आवेदन २२ अप्रिलसम्म दिन सकिने छ। यसअघि सदस्यता आवेदन दिने मिति ३१ मार्चसम्म रहेकोमा अहिले एक हप्ता थप गरेर ७ अप्रिलसम्म पुर्‍याइएको हो।

त्यस्तै, वरिष्ठ अधिवक्ता तथा नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेको संयोजकत्वमा निर्वाचन समिति गठन गरिसकिएको छ।

यस अघि यसअघि डा. घलेसहितको टोली मध्य पूर्व हुँदै युरोपका विभिन्न देशमा पुगेर उच्चस्तरीय समितिले गरी रहेका कामहरूबारे ब्रिफ गरेका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...