News Portal

  • एनआरएनएको सदस्यता अभियान तीव्र पार्न जापान र कोरियाको भ्रमण गर्दै शेष घले

    हिमालीसंचार संवाददाता
    १५८ पटक

    काठमाडौँ। गैरआवासीय नेपाली संघ एनआरएनए उच्चस्तरीय समितिका अध्यक्ष सहितको टोलीले जापान र दक्षिण कोरियाको भ्रमण गर्ने भएका छन्।

    सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय समितिका संयोजक डा. शेष घलेसहितको टोली जापान र दक्षिण कोरिया जान लागेको हो।

    मे ३–५, २०२५ मा काठमाडौँमा एकताको अधिवेशन आह्वान गरेर तयारी तीव्र भइरहेका बेला उच्चस्तरीय समितिका सदस्यसहितको टोली सदस्यता अभियान तीव्र पार्न यात्रामा निस्कन लागेको हो।

    यही शनिवार ५ तारिखका दिन राष्ट्रिय समन्वय परिषद् जापानले डा. घलेको प्रमुख आतिथ्यमा राजधानी टोकियोमा ‘प्रवासमा रहेका नेपालीहरूका लागि एनआरएनएको आवश्यकता र महत्त्व’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागेको छ।

    यसैगरी आइतबार ६ अप्रिलका दिन दक्षिण कोरियाको राजधानी सियोलमा दुई एनसीसीबीचको एकता अधिवेशन उद्घाटन समारोहलाई पनि डा. घलेले सम्बोधन गर्ने छन्।

    दक्षिण कोरियामा हुने एनसीसी एकता अधिवेशनको प्रमुख अतिथिको रूपमा संस्कृति तथा पर्यटन राज्यमन्त्री अरुण चौधरी पनि जाने भएका छन्।

    काठमाडौँमा हुन लागेको एकताको महाधिवेशनका लागि उच्चस्तरीय समितिले सदस्यता आवेदनको मिति ७ अप्रिलसम्म पुर्‍याएको छ भने भौतिक रुपमै उपस्थित भएर महाधिवेशनमा सहभागी बन्न डेलिगेट्स (प्रतिनिधि)को आवेदन २२ अप्रिलसम्म दिन सकिने छ। यसअघि सदस्यता आवेदन दिने मिति ३१ मार्चसम्म रहेकोमा अहिले एक हप्ता थप गरेर ७ अप्रिलसम्म पुर्‍याइएको हो।

    त्यस्तै, वरिष्ठ अधिवक्ता तथा नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेको संयोजकत्वमा निर्वाचन समिति गठन गरिसकिएको छ।

    यस अघि यसअघि डा. घलेसहितको टोली मध्य पूर्व हुँदै युरोपका विभिन्न देशमा पुगेर उच्चस्तरीय समितिले गरी रहेका कामहरूबारे ब्रिफ गरेका थिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ १२ गतेको राशिफल

    आज भदौ १२, २०८२ (अगस्त २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट कृष्ण सुनार पक्राउ

    काठमाडौं, मानव बेचबिखन तथा ओसार पसार  मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी सुर्खेत...

    वीरगञ्जमा झाडापखाला र हैजाका बिरामी ५ सय नाघे

    वीरगञ्ज, भदौ ११ – वीरगञ्जमा झाडापखाला र हैजाको प्रकोप नियन्त्रणभन्दा बाहिर फैलिँदै गएको छ। पछिल्लो...

    प्रिन्सिपलद्वारा विद्यार्थीमाथि कुटपिट, अभिभावकले प्रहरीमा उजुरी

    दोलखा, भदौ ११ – दोलखाको वैत्येश्वर गाउँपालिका–३, खानीगाउँस्थित आँकुरा इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल अजितकुमार चौधरीमाथि...

    रौतहटकी रुबी साह हत्या प्रकरणका आरोपीको उपचारकै क्रममा मृत्यु

    रौतहट, भदौ ११ – रौतहटकी रुबीकुमारी साह हत्या प्रकरणमा संलग्न भनिएका आरोपी लक्ष्मण पासवानको उपचारकै...