News Portal

बम आतंक मच्चाउँदै आएका खगेन्द्र खरेल फेरि पक्राउ, संसदमा ड्रोन खसाल्ने धम्की

पटक–पटक बम आतंक मच्चाउँदै आएका झापाका सञ्जय भनिने खगेन्द्र खरेल पुनः पक्राउ परेका छन्।

संगीता गुरुङ
२०६ पटक

२२ चैत्र, काठमाडौं – पटक–पटक बम आतंक मच्चाउँदै आएका झापाका सञ्जय भनिने खगेन्द्र खरेल पुनः पक्राउ परेका छन्। इटहरीमा नक्कली बम राखेर त्रास फैलाएको आरोपमा खरेलसहित इटहरीकी लक्ष्मीदेवी थापा चैत २० गते पक्राउ परेका हुन्।

पुस १६ गते इटहरी, बुढीखोला र भोटेखोला पुलमा बम राखिएको सूचना पाएपछि प्रहरीले खोजी गर्दा एक स्थानमा मात्र नक्कली बम (होक्स) भेटिएको थियो। त्यसपछि भारत भागेका खरेलले ह्वाट्सएपमार्फत ३१ जिल्लामा बम राख्ने र संसद भवनमा ड्रोन खसाल्ने धम्की दिएका थिए।

खरेल यसअघि पनि झापा र सुनसरीमा बम विस्फोट तथा आतंक सिर्जना गरेको अभियोगमा दुईपटक जेल परिसकेका छन्। २०७८ मा इटहरीमा भएको बम विस्फोट, २०७६ मा झापाको पुलमा बम राखिएको घटनामा उनी संलग्न रहेका छन्।

२०३४ सालमा ताप्लेजुङमा जन्मिएका खरेल भारतीय सेनामा कार्यरत रहँदा बम बनाउने सीप सिकेका थिए। पछि नेपाल फर्केर उनले ‘ग्रेटर नेपाल’ र ‘हिन्दू राष्ट्र’को अभियान सञ्चालन गर्दै आएका छन्।

प्रतिकृया दिनुहोस्

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...

धादिङ कलेरीमा माघे संक्रान्ती–२०८२: मगर संस्कृति र परम्पराको उत्सव

धादिङ – मगर भाषा, संस्कृति तथा परम्परागत पहिचानको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ती–२०८२...

रवि–बालेन एकता सहमति-घण्टी प्रतीकमा नयाँ राजनीतिक यात्राको घोषणा

काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्देश्यसहित रवि लामिछाने र बालेन्द्र शाह (बालेन) बीच...