News Portal

कोटेश्वरमा प्रहरीको गोली लाग्दा दुई दाजुबहिनी घाइते

कोटेश्वरमा प्रहरीको गोली लाग्दा दुई दाजुबहिनी घाइते भएका छन्।

हिमालीसंचार संवाददाता
३१९ पटक

काठमाडौं, चैत्र २० – शुक्रबार दिउँसो कोटेश्वर–बालकुमारी सडक क्षेत्रमा हिंसात्मक प्रदर्शनको क्रममा प्रहरीले चलाएको गोली लागेर रेबिका खत्री र दिनेश खत्री घाइते भएका छन्। उनीहरू प्रदर्शनमा संलग्न नभई भित्री बाटो हुँदै आफ्नो गन्तव्यतर्फ हिँडिरहेका बेला गोलीको शिकार भएका हुन्।

शुक्रबार अपराह्न करिब चार बजे प्रदर्शनकारीहरू तीनकुने क्षेत्रबाट तितरबितर हुँदै कोटेश्वर-बालकुमारी सडक क्षेत्रमा पुगेका थिए। सो क्रममा भाटभटेनी सुपरमार्केटमा तोडफोड र लुटपाट भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाई फायरसमेत गरेको थियो। यस्तै, भिड नियन्त्रणका क्रममा प्रहरीले गोली चलाएको थियो, जसको चपेटामा निर्दोष दाजुबहिनी परेका छन्।

रेबिका खत्री कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तेस्रो वर्षकी छात्रा हुन्। शुक्रबार दिनभरि ग्रोसरी पसलमा काम सकेर घर फर्कने क्रममा उनले हिंसात्मक प्रदर्शन देखेपछि माइला बुबाका छोरा दिनेशलाई फोन गरी आफूलाई लिन आउन अनुरोध गरेकी थिइन्। दिनेश उनलाई सुरक्षित बाटो हुँदै ग्वार्कोतर्फ लैजाने सोचसहित भेट्न पुगेका थिए। तर, उनीहरू गल्ली हुँदै अगाडि बढ्दै गर्दा अचानक गोली चलेको आवाज आयो। त्यसपछि रेबिका र दिनेश सडकमा ढले।

रेबिकाको दायाँ तिघ्रामा गम्भीर चोट लागेको छ भने दिनेशको देब्रे खुट्टामा गोली लागेको छ। उनीहरूलाई तत्काल उपचारका लागि नागरिक (सिभिल) अस्पताल पुर्याइयो। चिकित्सकहरूका अनुसार रेबिकाको तिघ्राको मुख्य नसामा गम्भीर क्षति पुगेको छ, जसको उपचारका लागि शल्यक्रिया गरिएको छ। दिनेशको अवस्था भने अहिले सुधारोन्मुख छ, तर उनलाई थप चिकित्सकीय निगरानीमा राखिएको छ।

रेबिकाका पिता तुलसीराम खत्री घटनापछि काठमाडौं आएका छन्। उनी न्यायको खोजी गर्दै भन्छन्, “मेरो छोरी कुनै आन्दोलनमा सहभागी थिइन, किन निर्दोष छोरीमाथि गोली प्रहार गरियो?” परिवारले उपचार खर्च मात्रै होइन, रेबिकाको भविष्य र पुनर्स्थापनाबारे पनि सरकारको ध्यानाकर्षण गराएको छ।

यस घटनाले निर्दोष नागरिकहरू समेत अशान्ति र हिंसात्मक परिस्थितिको शिकार बन्न सक्ने गम्भीर प्रश्न उठाएको छ। घटनाको विस्तृत छानबिन र पीडितलाई न्याय दिलाउने विषयमा सम्बन्धित निकायहरूको ध्यान जान जरुरी छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...