News Portal

भाटभटेनीद्वारा पत्रकार रजक र महर्जनका परिवारलाई आर्थिक सहायता

भाटभटेनीद्वारा पत्रकार रजक र महर्जनका परिवारलाई आर्थिक सहायता प्रदान गरिने भएको छ।

संगीता गुरुङ
२७९ पटक

काठमाडौं, चैत्र २० – भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले पत्रकार सुरेश रजक र सविन महर्जनका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेका छन्।

गत चैत्र १५ गतेको घटनामा ज्यान गुमाएका रजकको परिवारलाई ५ लाख रुपैयाँ र महर्जनको परिवारलाई ३ लाख रुपैयाँ प्रदान गरिने भएको छ।

साथै, घटनाका क्रममा बहादुरी प्रदर्शन गरेका सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई विशेष सम्मान दिइएको छ। पराजुलीलाई ५ लाख रुपैयाँ नगद पुरस्कार तथा पाँच ग्रेड बढुवा प्रदान गरिएको छ।

उक्त घटनामा भाटभटेनीको सुरक्षामा महत्त्वपूर्ण भूमिका खेलेका अन्य कर्मचारीहरूलाई पनि सम्मान तथा पुरस्कार प्रदान गरिएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...