News Portal

एनआरएनएको सदस्य बन्न एक साता म्याद थप गर्ने उच्चस्तरीय समितिको निर्णय

हिमालीसंचार संवाददाता
२४६ पटक

काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले सदस्यता वितरणको समय एक हप्ता थप गर्ने निर्णय गरेको छ। आइतबार भर्चुअल रुपमा सम्पन्न समितिको १३ औं बैठकले त्यस्तो निर्णय गरेको हो।

यसअघि सदस्यताको लागि आवेदन दिने मिति मार्च ३१, २०२५ सम्म तोकिएकोमा अब अप्रिल ७, २०२५ (नेपाली समय अनुसार २३ः५९ सम्म) उच्चस्तरीय समितिको  वेबसाइट www.nrnahlc.com मा गएर सदस्यताका लागि आवेदन दिन पाइनेछ।

बैठकले अहिलेको विशेष परिस्थितिका कारण  एमआइएस सिस्टममा दर्ता भएका र आजीवन सदस्यता लिएका सबै सदस्यहरुलाई पनि अनिवार्यरुपमा उच्चस्तरीय समितिको वेबसाइटमा दर्ता हुनुपर्ने निर्णय गरेको छ।

साथै, बैठकले आउँदो मे ३-५, २०२५ मा काठमाडौँमा हुन गैरहेको एकता महाधिवेशनमा प्रतिनिधि (डेलिगेट्स) को रुपमा भाग लिने प्रयोजनका लागि डेलिगेट्स दर्ता प्रक्रिया अप्रिल १ देखि शुरु गर्ने निर्णय पनि गरेको छ। महाधिवेशनमा डेलिगेट्सको रुपमा सहभागी हुन चाहने सबै पंजीकृत सदस्यहरुले अप्रिल २२, २०२५ सम्म डेलिगेट्स बन्नका लागि सबै प्रक्रिया पूरा गरेर १ सय अमेरिकी डलर वा सो बराबरको नेपाली रुपैयाँ जम्मा गर्नु पर्नेछ।

उच्चस्तरीय समितिका अध्यक्ष डा. शेष घलेको अध्यक्षतामा बसेको बैठकमा अध्यक्ष घलेले हालै मध्यपूर्व  र युरोपका विभिन्न देशमा गरेको भ्रमणबारे जानकारी गराएका थिए। त्यस्तै आर्थिक, विधान, सदस्यता वितरण एवम् प्रचार प्रसार उपसमितिका संयोजकहरुले आआफ्नो उपसमितिका गतिविधिहरूबारे जानकारी गराएका थिए।

उच्चस्तरीय समितिको १३औं बैठकमा सहभागी कानुन मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरुले मे महिनामा काठमाडौँमा हुने महाधिवेशनलाई सफल बनाउन सरकारको तर्फबाट आवश्यक सहजीकरण भइरहेको बताए। साथै, विधानमा उल्लेखित कार्यक्षेत्र (टिओआर)को विषयमा सहजीकरण गर्न उच्चस्तरीय समितिका सदस्य विनोद कुँवरलाई जिम्मा दिने निर्णय गरिएको छ।

एनआरएनए उच्चस्तरीय समितिले समस्त गैरआवासीय नेपालीहरुलाई सदस्यता प्रक्रियामा सहभागी हुन तथा महाधिवेशनको तयारीमा सहयोग गर्न आग्रह पनि गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...