News Portal

काठमाडौंमा किशोर हत्या प्रकरण: ऋण विवादका कारण ६ जना पक्राउ

काठमाडौंको माकलबारीमा एक किशोरको हत्या गरी गाडिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

संगीता गुरुङ
२७५ पटक

काठमाडौं, चैत्र १८ – काठमाडौंको माकलबारीमा एक किशोरको हत्या गरी गाडिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

गोकर्णेश्वर नगरपालिका-८ माकलबारीस्थित आरके मोटरसाइकल वर्कसपको पछाडि १९ वर्षीय राहुल साहको शव फेला परेको हो। उनी सर्लाही चक्रघट्टा गाउँपालिका-८ निवासी भई हाल गोकर्णेश्वर बाहुनधारामा बस्दै आएका थिए। चैत ११ गतेदेखि बेपत्ता भएका उनको शव चैत १५ गते फेला परेको थियो।

प्रहरीका अनुसार, घटनामा संलग्न रहेको आशंकामा बाहुनधाराका २२ वर्षीय निपु मण्डल, १८ वर्षीय विजय यादव, १८ वर्षीय करनकुमार महतो, २३ वर्षीय जोधन मण्डल, ४५ वर्षीय उत्तम मण्डल तथा भारतीय नागरिक २९ वर्षीय सुनिल शर्मालाई नियन्त्रणमा लिइएको छ।

शर्मा आरके मोटरसाइकल वर्कसपका सञ्चालक हुन्। प्रारम्भिक अनुसन्धान अनुसार, उनले केही समय अघि साहलाई ६० हजार रुपैयाँ ऋण दिएका थिए। पछि ब्याजसहित एक लाख ५० हजार रुपैयाँ फिर्ता गर्नुपर्ने माग गरेपछि विवाद भएको खुलेको छ।

प्रहरी स्रोतका अनुसार, यही विवादकै क्रममा साहको हत्या भएको आशंका गरिएको छ। पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...