News Portal

 प्रवासी नेपाली एकता मञ्च कुवेतकाे प्रेस-विज्ञप्ति 

हिमालीसंचार संवाददाता
३३६ पटक

कुवेत– पुनरुत्थानवादी तत्वले जम्मा गरेका हुल्लडबाजहरूको एक जत्थाले हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय र काठमाडौं जिल्ला कार्यालय आलोकनगर, बानेश्वर, काठमाडौं) मा आक्रमण गरेर आगजनी र तोडफोड गरेको छ।

केन्द्रीय कार्यालयका ढोका र झ्याँलहरू तोडफोड गरेर कागजात र फर्निचरहरू जलाएको छ । आफुलाई तथाकथित राजावादी बताउने आपराधिक उन्मादीहरूको यस प्रकारको कुकृत्यको नेकपा ( एकीकृत समाजवादी)को प्रवास संगठन ” प्रवासी नेपाली एकता मञ्च राष्ट्रिय कमिटी कुवेत घोर निन्दा र भत्सर्ना गर्दछ।

साथै, लुटपाट र आगजनी जस्ता क्रियाकलापबाट समाजलाई नियन्त्रण गर्न खोज्ने यस्ता तत्वलाई तिरस्कार तथा प्रतिवाद गर्न र नागरिकहरूको रक्षाप्रति सचेत रहन सम्पूर्ण जनसमुदायलाई प्रवासी नेपाली एकता मञ्च राष्ट्रिय कमिटी हार्दिक अपिल गर्दछौं। पार्टी कार्यालयको वरिपरि हुनसक्ने घटनाबारे आज विहान ११ बजे नै प्रहरीलाई खवर गरिएको र पार्टी कार्यालयमा आक्रमण हुनथाले पछि फेरि तुरन्तै प्रहरीलाई खबर गर्दा पनि समयमै सुरक्षाको प्रवन्ध नगर्नु सुरक्षा प्रशासनको घोर लापर्वाही हो।

अहिले यी हुल्लडबाजहरुले अन्य कैयन् सर्वसाधारणको सम्पतिमाथि पनि श्रृड्लावद्ध आक्रमण गरेर लूटपाट गरेका समाचारहरु आइरहेका छन् ।

यसबाट सरकारले सुरक्षा प्रबन्ध गर्न नसकेको तथ्य स्पष्ट भएको छ। हाम्रो पार्टी सरकारी संयन्त्रको यस प्रकारको लापर्वाही घोर निन्दा गर्दछौँ र नागरिक जीवनको सुरक्षाको प्रत्याभूति गर्न र तोडफोड तथा आगजनीमा सङ्लग्न सबै अपराधीहरुलाई यथाशिघ्र कडा कार्बाही गर्न जोडदार माग गर्दछौं ।

प्रेस-विज्ञप्ति

प्रतिकृया दिनुहोस्

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...