News Portal

एनआरएनए उच्चस्तरीय समितिद्वारा म्यानमार भूकम्प पीडितहरुको उद्धार तथा राहतका लागि अपिल

हिमालीसंचार संवाददाता
३७० पटक

काठमाडौं। म्यानमारलाई केन्द्रविन्दु बनाएर शुक्रबार आएको विनाशकारी भूकम्पका कारण भएको जनधनको ठूलो क्षतिप्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले गहिरो दुख व्यक्त गरेको छ।

उच्चस्तरीय समितिका अध्यक्ष डा. शेष घलेले उक्त विनाशकारी भूकम्पबाट प्रभावितहरूको उद्धार तथा राहतमा सहयोग गर्न अपिल गरेका छन्।

भूकम्पको प्रभाव छिमेकी देश थाइल्याण्डमा समेत गम्भीर रूपमा परेको छ। विशेषगरी, त्यहाँ बसोबास गर्ने नेपाली समुदायसहित अन्य प्रभावित नागरिकहरूको सुरक्षाका लागि एनआरएनए थाइल्याण्ड शाखालाई उद्धार तथा राहत कार्यमा सक्दो सहयोग पुर्‍याउन पनि संयोजक घलेले एक विज्ञप्तिमार्फत आग्रह गरेका छन्।

गम्भीर घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै एनआरएनए उच्चस्तरीय समितिले उद्धार तथा राहत कार्यक्रम प्रभावकारी बनाउन सम्बन्धित निकायहरूसँग समन्वय गर्ने प्रतिबद्धता जनाएको छ। साथै, संकटग्रस्त क्षेत्रमा राहत सामग्री तथा आवश्यक सहयोग पुर्याउन सम्पूर्ण नेपाली समुदाय, संघसंस्था तथा सहयोगीहरूलाई  समितिले आह्वान गरेको छ।

एनआरएनए उच्चस्तरीय समितिले यस प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना पनि व्यक्त गरेको छ।

उच्तस्तरीय समितिको आधिकारिक फेसबुक पेज https://www.facebook.com/NRNAHLCofficial फ्लो गर्नुभएमा थप जानकारी पाउन सकिने छ।

प्रतिकृया दिनुहोस्

रास्वपा–उज्यालो नेपाल एकता टुंगियो, कुलमान–रवि–बालेन छलफल असफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित दल उज्यालो नेपाल पार्टीबीचको एकता...

अवैधानिक रुट, दलालको जालो र राज्यको मौनताले महिला असुरक्षित

कुवेत– पछिल्लो समय कुवेतमा नेपाली घरेलु कामदारहरूको समस्या गम्भीर बन्दै गएको छ। समस्या समाधानतर्फ नेपाल...

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...