News Portal

  • एकताको महाधिवेशन सफल पार्न एनआरएनए हंगेरीका अध्यक्ष भण्डारीको अपिल

    एकताको महाधिवेशन सफल पार्न एनआरएनए हंगेरीका अध्यक्ष भण्डारीले अपिल गरेका छन्।

    हिमालीसंचार संवाददाता
    १४३ पटक

    चैत्र १४, बुडापेष्ट – गैर आवासीय नेपाली संघ (एनआरएनए) मा हाल देखिएको विवाद समाधान गरी संस्थालाई बलियो बनाउन एकताको महाधिवेशन सफल पार्न एनआरएनए हंगेरीका अध्यक्ष नारायण भण्डारीले अपिल गरेका छन्।

    अध्यक्ष भण्डारीले सर्वोच्च अदालतको परमादेश पालना गर्दै आउँदो मे महिनामा काठमाडौंमा हुन गइरहेको एकताको महाधिवेशनमा सबै पक्ष सहभागी हुनुपर्ने बताए। उनले लामो समयदेखिको विवादले गर्दा एनआरएनएको साख निकै गिरेको उल्लेख गर्दै अब एकजुट भएर सहकार्य गर्नुको विकल्प नभएको धारणा व्यक्त गरे।

    गएको केही समययता एनसीसीहरू चेपुवामा परेका छन्। एनसीसीहरू स्वायत्त निकाय हुन्। यिनलाई चेपुवामा पार्नु ठिक होइन। आपसमा अहंकारको लडाइँ गर्नुको सट्टा मिलेर अगाडि बढ्दा नै संस्था र सबै एनआरएनहरूको हित हुन्छ,” उनले भने।

    उनले हंगेरीमा बस्ने सबै एनआरएनहरूलाई उच्चस्तरीय समितिको वेबसाइट (www.nrnahlc.com) मा गएर ३१ मार्च २०२५ भित्र सदस्यताको लागि निवेदन दिन आग्रह गरे।

    अध्यक्ष भण्डारीले बद्री केसी पक्षलाई सर्वोच्च अदालतको निर्देशन बमोजिम सदस्यता सूचना प्रणाली (एमआईएस) लगायत संघको सचिवालयमा उच्चस्तरीय समितिलाई पहुँच दिन पनि आग्रह गरे। “संघको भवन र सचिवालय हामी सबैको साझा सम्पत्ति हो। कुनै एक पक्षले सचिवालय कब्जा गर्न मिल्दैन,” उनले भने।

    धम्पुसदेखि बुडापेष्टसम्म

    गएको २० वर्षदेखि हंगेरीमा बसोबास गर्दै आएका भण्डारीका अनुसार हंगेरीमा झन्डै १,२०० नेपालीहरू छन्। “धेरैजसो नेपालीहरू ग्रामीण क्षेत्रमा खेतीपाती वा कारखानामा काम गरेर बस्नुहुन्छ। उहाँहरूलाई संस्थामा जोड्न गाह्रो छ,” भण्डारीले भने।

    हरेक वर्ष हंगेरीका नागरिकहरूलाई नेपालको पदयात्रामा लैजाने गरेका भण्डारीले हस्तकला लगायत नेपालका उत्पादन युरोपमा बिक्री गर्न सघाउने गरेका छन्। कास्कीको रमणीय पर्यटकीय केन्द्र धम्पुसमा अन्नपूर्ण हिमाल हेर्दै हुर्किएका भण्डारीले धम्पुसमै अन्नपूर्णा किन्डरगार्डन स्थापना गरेका छन्।

    उक्त किन्डरगार्डनका तीन जना शिक्षिकाहरूको तलब मैले नै उपलब्ध गराउँदै आएको छु। कहिलेकाहीँ पर्यटकहरूले पनि सहयोग गर्नुहुन्छ,” उनले भने।

    हामी केही लिन होइन, दिनका लागि एनआरएन अभियानमा लागेका हौं। अब सबै मिलेर सहकार्य गरौं। मातृभूमिको सेवाका लागि हातेमालो गरौं,” भण्डारीले भने।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    उपसभामुख राना मगरको विदेश भ्रमणमा विवाद: १० पटक स्वीकृति बिना यात्रा

    काठमाडौँ, भदौ ६ – प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर १७ पटक विदेश भ्रमणमा गएकी...

    प्रभु साह– ठगी आरोपमा निष्कासन पाएका नेतालाई प्रधानमन्त्री ओलीले भ्रमपूर्ण प्रचार गर्दै एमालेमा भित्र्याए

    काठमाडौँ, भदौ ६ – आम जनता पार्टी (आजपा) का अध्यक्ष उपेन्द्र साहले एमाले अध्यक्ष तथा...

    लाल बकैया खोलाको जलसतह सतर्कता तह नाघ्यो

    काठमाडौँ, भदौ ६ – मकवानपुरको लाल बकैया खोलामा लगातारको वर्षापछि पानीको सतह सतर्कता तह नाघेको...

    रुपन्देहीमा नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण: थप एक व्यक्ति पक्राउ

    बुटवल, भदौ ६ – रुपन्देही प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाउने र वितरण गर्ने कारोबारमा संलग्न...

    डेंगु सङ्क्रमण ७४ जिल्लामा फैलियो, स्वास्थ्य सचेतनामै जोड

    काठमाडौँ, भदौ  ६ – वर्षा सुरु भएसँगै देशभर डेंगु सङ्क्रमण बढ्न थालेको छ। इपिडिमियोलोजी तथा...