आज : २०२६-०९-२७, आइतबार

नेपाली सेनाद्वारा आगलागी नियन्त्रण

ललितपुर, चैत्र १४ – ललितपुर जिल्लाको बागमती गाउँपालिका वडा नं. ४, प्युटारस्थित बुढादेवी थानको सामुदायिक वनमा अचानक आगलागी हुँदा श्री सूर्यदल गण हे. क्वा. देवीडाडा ब्यारेक, ललितपुरबाट खटिएको टोलीले आगो नियन्त्रण तथा फायर लाइन निर्माण गरेको छ।

उपसेनानी बिदुर विष्टको कमाण्डमा गएको फायर नियन्त्रण टोलीले नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीय बासिन्दाको सहकार्यमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिई स्थानीय बासिन्दा, चौपाया तथा मानविय क्षति हुनबाट जोगाउन सफल भएको सेनानी राजु थापाले बताए।

आगो नियन्त्रणसँगै फायर लाइन निर्माण गरी अति जोखिममा रहेका १ सय घरपरिवारका साथै करिब २ हजार स्थानीय बासिन्दा तथा ५० वटा गोठलाई सुरक्षित गर्न सफल भएको छ।