News Portal

पोखराबाट अपहरण गरिएकी अमेरिकी नागरिकको सकुशल उद्दार, अपहरणमा संलग्न एक महिला पक्राउ

नेपाल घुम्न आएकी एक अमेरिकी नागरिकलाई अपहरण गरी फिरौती माग्ने एक महिला पक्राउ परेकी छन्।

संगीता गुरुङ
३१२ पटक

चैत्र १४, पोखरा – नेपाल घुम्न आएकी एक अमेरिकी नागरिकलाई अपहरण गरी फिरौती माग्ने एक महिला पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्युरो (CIB) र मकवानपुर प्रहरीले संयुक्त रूपमा अपहरणमा संलग्न नुवाकोट बेलकोटगढी नगरपालिका-४ की ३७ वर्षीया सरिता लामालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार, ७० वर्षीया अमेरिकी नागरिक साथीहरूसँग मुक्तिनाथ दर्शनका लागि नेपाल आएकी थिइन्। पोखराको लेकसाइडस्थित एक होटलमा बसिरहेकी उनलाई लामाले चिनजानकै आधारमा विश्वास जित्दै घरमा लैजाने प्रस्ताव गरेकी थिइन्। तर, उनले घर लैजाने बहानामा पीडितलाई नियन्त्रणमा लिई लुकाएर राखिन् र फिरौतीस्वरूप ३ लाख युरो (साढे ४ करोड रुपैयाँ) माग्न थालिन्।

यस घटनाबारे जानकारी पाएपछि नेपालस्थित अमेरिकी दूतावासले प्रहरीलाई खबर गरेको थियो। तत्पर बनेको प्रहरी टोलीले अनुसन्धान गर्दै पीडितको खोजी कार्यलाई तीव्र बनायो। अनुसन्धानका क्रममा पीडितलाई पोखराबाट चितवन, हेटौँडा हुँदै पर्सा लैजाने योजना रहेको खुलेको छ। प्रहरीका अनुसार, अपहरणकारीको लक्ष्य उनलाई भारतसम्म लैजाने हुन सक्थ्यो।

दूतावासको सूचनाका आधारमा कास्की प्रहरीले तत्कालै अपहरणमा परेकी अमेरिकी नागरिकलाई सकुशल उद्दार गर्न सफल भएको छ। पक्राउ परेकी सरिता लामामाथि अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ३० गतेको राशिफल

आज फागुन ३०, २०८२ ( मार्च १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...