News Portal

साथीमाथि खुकुरी प्रहार: बहिनी जिस्क्याएको रिसमा हत्या

संगीता गुरुङ
२६५ पटक

चैत्र १४, ललितपुर – ललितपुरको इमाडोलमा एक युवकको हत्या भएको छ। महालक्ष्मी नगरपालिका-४, ओचु हाइटस्थित मन्दिर अगाडि बुधबार राति खुकुरी प्रहार गरी ३० वर्षीय रिपक खातीको हत्या भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, घटनामा संलग्न रहेको आरोपमा सोही स्थानका २५ वर्षीय सुमन रसाइली पक्राउ परेका छन्। प्रारम्भिक अनुसन्धानका आधारमा खातीले रसाइलीकी १५ वर्षीया बहिनीलाई जिस्क्याउने गरेको बताइएको छ।

एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार, बुधबार राति सुमनले रिपकलाई मन्दिर नजिकै बोलाएका थिए। चिनजानकै भएकाले रिपक त्यहाँ पुगेका थिए। तर, भेट्नासाथ सुमनले खुकुरी प्रहार गरी उनको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनापछि प्रहरी टोली राति नै घटनास्थलमा पुगेको थियो। शव संकलन गरी बिहीबार बिहान पाटन अस्पतालमा पोष्टमार्टमका लागि पठाइएको छ। प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...